बुढादेबी बाढीग्रस्त क्षेत्रमा पुगेन राहत,बाढी पीडित  नेपाली भन्छन् : बाढिले गास र बास एकैचोटि लग्यो बाच्ने कसरी 

बुढादेबी बाढीग्रस्त क्षेत्रमा पुगेन राहत,बाढी पीडित  नेपाली भन्छन् : बाढिले गास र बास एकैचोटि लग्यो बाच्ने कसरी 

राम बहादुर बिश्वकर्मा
प्युठान,साउनको दोस्रो साता भुसबाङ्ग नदीमा आएको बाढीले प्युठान नगरपालिका–९ र १० बुढादेबीका लिल बहादुर नेपालि विस्थापित बने।बाढीले घर पुर्यो।भित्रको अन्नपात,लत्ताकपडा र घरायसी सामान अहिलेपनि बाढिले बगाएर लिएको ढुङ्गा र गगर्यानले पुरेको छ।

तस्बिर :बिस्थापित लिल बहादुर नेपालीको घर 


त्यसपछि नेपालीको बास स्थानीय आफन्तको घर बनेको छ।बाढीले विस्थापित बनेको २ साता बित्नै लाग्दा पनि उक्त बस्तीमा फर्किन सक्ने कुरै छैन।‘भुसबाङ्ग खोलो बस्ती पस्दा मुस्किलले ज्यान जोगायौँ।घरको केही भाग मात्र देखिन्छ सबै पुरेको छ घर बस्न मिल्ने त कुरै भएन।वरपर गगर्यान र ढुङ्गाको थुप्रो बनी सिङ्गो पहाड जस्तो बनेको छ।बल्ल बल्ल ज्यान जोगाएपनि घरभित्रको अन्नपात,लुगाफाटो सबै बाढीले पुर्यो,’पैरवी अनलाइन सङ्ग गुनासो गर्दै उनले भने।‘बाढिले गास र बास एकैचोटि लगिदियो बाच्ने कसरी,परिबारमा आखा नदेख्ने अशक्त श्रीमति र आफूआत्र छौँ,बिहान के खाने बेलुका के खाने चिन्ताले सताउछ,खाना र सुरक्षित आवासको व्यवस्था भइदिए हुने।अहिले आफन्तको घरमा रात बिताइरहेका छौँ।हल्का वर्षा हुँदा पनि बस्तिमा बाढी आउँथ्यो सम्पत्तिको नाममा ३ रोपनी ३ आना खेत थियो सबै ढुङ्गा माटोले पुरिदियो’,उनले भने,‘भुसबाङ्ग खोलामा ब्यबस्थित तटबन्ध निर्माण गरेर बाढी र डुबानको दीर्घकालीन समाधान गरिनुपर्छ।’

लिल बहादुर नेपाली भन्छन् :बाढिले गास र बास एकैचोटि लगिदियो बाच्ने कसरी,परिबारमा आखा नदेख्ने अशक्त श्रीमति र आफु मात्र छौँ, बिहान के खाने बेलुका के खाने चिन्ताले सताउछ,खाना र सुरक्षित आवासको व्यवस्था भइदिए हुने


प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि का अनुसार बुढादेबीका बाढी विस्थापितको तत्कालीन अस्थायी बसोबासको बैकल्पिक व्यवस्था आफन्तकोमा गरिएको छ। 
अहिले घटना अध्ययन मुचुल्का तयार गर्ने र तटबन्ध निर्माणको कार्य भईरहेको वडा अध्यक्ष के सि ले बताए ।
बाढी विस्थापितको समस्यालाई गम्भीरतापुर्ण तरिकाले लिदै विभिन्न निकाय संग टेलिफोन सम्पर्क गरी राहत र तटबन्ध निर्माणका लागि आग्रह गरिएको छ।‘बाढी र डुबानको समस्या समाधानका लागि हामी सम्बन्धित निकायलाई घचघच्याई रहेकाछौँ’,के सि ले भने,‘बाढी पीडितहरूको साथमा छौँ। राहतको लागि पहल गर्छौ।’बुढादेबी बस्ती भुसबाङ्ग खोलाको उच्च जोखिममा छ।तीव्र कटान गरिरहेको उक्त खोलाले यहाँका ८ घर परिवार विस्थापितको जोखिममा छन् ।
भुसबाङ्ग खोलाको कटान रोक्न प्युठान नगरपालिकाले अहिले अस्थायी तटबन्ध निर्माण गरिरहेको छ।
बुढादेबीको सिर बाट खलङ्गा हुँदै गुल्मी जोड्ने मोटर बाटो निर्माणको क्रममा जम्मा भएको खुकुलो माटो र ढुङ्गा बाढिले बगाएर बस्तीमा झारेपछि स्थानीय प्रभावित बनेका थिए । खेतमा माटो भरिएर बगरमा परिणत भएको छ। साउन १६  गते आएको भुसबाङ्ग खोलामा आएको बाढीले  वितण्डा मच्चाएको थियो।भुसबाङ्ग खोलाले कटान गरेपछि बुढादेबीको भौगोलिक रुप नै परिवर्तन भएको छ।१ वर्ष अघिको बुढादेबी र हालको बुढादेबीमा धेरै फरक छ । 
भुसबाङ्ग खोलामा आएको बाढीले झण्डै ८ घर परिवार १ निजि स्कुलमा पुर्ण क्षती पुर्याएको छ भने २० घर परिबार आंशिक क्षती गरेको थियो।
पिडितहरुले तत्कालीन अवस्थामा सरकारबाट राहत का केही सुविधा पाएका छैनन्।

तस्बिर :प्युठान नगरपालिका वडा नम्बर  ९ र १० मरन्ठाना स्थित बुढादेबी क्षेत्रमा पर्ने बाढिले कटान गरेको किसानको धानखेती