प्युठान नगरपालीकाको आयोजनामा महिलाहरुलाई बुटिक तालिम सुरु

सीता बि.क
प्युठान,एक महिने बुटिक सिप विकास तालिम बिहिबारदेखि प्युठान नगरारपालिका वडा नम्बर ५ स्थित जुम्री काडामा सुरु भएको छ ।
तालिमको उद्घाटन प्युठान नगरपालिका कार्यपालिका  सदस्य लाली घर्तिले गर्नुभएको हो। प्युठान नगरपालिकाको आयोजनामा सुरु भएको तालिमको मुख्य उद्देश्य  महिलाहरुको क्षमता विकास गरी आयआर्जनमा सहयोग पुर्याउने र सफल उद्यमी बनाउने रहेको छ।
तालिम उद्घाटन गर्दै प्युठान नगरपालिका कार्यपालिका सदस्य लाली घर्तीले सिपले रोजगारी सिर्जना गर्ने र आत्मनिर्भर बनाउने बताउनुभयो । तर तालिम मात्रै लिने र सिकेको सीपलाई ब्यवहारमा प्रयोग नगर्नेहरु धेरै देखिएको जनाउँदै उहाँले हरेक मानिसमा केही गर्ने इच्छा हुनुपर्ने बताउनुभयो ।

त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ५ कि वडा सदस्य कल्पना बि.क ले तालीम अबधिलाई भरपुर उपयोग गरि तालिम पस्च्यात एक सफल उद्यमि बन्न सहभागीलाई आग्रह गर्नुभयो।
जेष्ठ १० गते देखि संचालन गरिएको तालिम असार १० गतेसम्म संचालन हुने तालिममा १० जना महिला हरुको सहभागीता रहेको तालिमको सहजीकरण प्रशिक्षक मुना घर्तीमगरले गर्नुभएको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले जानकारी दिनुभयो।