प्युठानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तदर्थ समिति  गठन - अध्यक्षमा न्यौपाने

प्युठानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको तदर्थ समिति  गठन - अध्यक्षमा न्यौपाने

राम बहादुर बिश्वकर्मा 
प्युठान,प्युठानमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरुको सामूहिक उपस्थितिमा जिल्ला तदर्थ समिती गठन गरिएको छ ।
सिद्धार्थ बैंक लिमिटेडका शाखा प्रबन्धक हरि प्रसाद न्यौपानेको अध्यक्षतामा ११ सदस्सीय तदर्थ समिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा साइन रेसुङ्गा बैंकका प्रबन्धक योगेन्द्र बिष्ट, सचिवमा मुक्तिनाथ विकास बैंक प्रबन्धक बसन्त बहादुर के.एम रहेका छन।
यसैगरि कोषाध्यक्षमा सुदर्शन पुडासैनी डिप्रोक्स लघुबित्तका प्रबन्धक रहेका छन।समितिको सदस्यहरुमा सचेत श्रेष्ठ हिमालय बैंक लिमिटेड,दधिराम भण्डारी एन आइसी एसिया बैंक,टेक बहादुर बराल सुर्योदय लघु बित्त,कृष्ण शाह उन्नति सहकार्य लघु बित्त,टेक बहादुर कुवर ज्योति बिकास बैंक,बिक्रम जि.सि हिमालय बैंक र अर्जुन खनाल कामना बिकास बैंक बाट रहेका छन।
त्यस्तै सल्लाहकारमा हिमालय बैंकका सरोज सापकोटा र बाणिज्य बैंकका दिपेन्द्र सुनार रहेका छन।
जिल्ला क्षेत्रभित्र रहेका विभिन्न बैंक तथा वित्तिय संस्थाहरुमा कार्यरत कर्मचारीहरुको वृत्ति विकाश र हित संरक्षण गर्नका लागि जिल्ला तदर्थ समिति गठन गरिएको तदर्थ समिति गठन गरिएको सदस्य दधिराम भण्डारीले जानकारी दिए।
बैंक तथा वित्तीय संस्थाले आफ्ना ग्राहकलाई निष्पक्ष,विश्वसनीय र पारदर्शी सेवा प्रवाह गर्दै आएका जिल्ला स्थित बैंक तथा बित्तिय सस्थाका कर्मचारी एकताबद्द हुन आबश्यक भएकाले उक्त समित गठन गरिएको उनको भनाई छ।