राम बहादुर बिश्वकर्मा
प्युठान,शनिबार साझ ५ बजे आएको हावाहुरीले प्युठान नगरपालिका–९ स्थित बाल बिध्या मावि मरन्ठाना मजुवाको छाना उडाएको छ ।
विद्यालयको २ कोठे भवनको छाना हावाहुरीले उडाउँदा क्षतिग्रस्त भएको विद्यालय प्रध्यानाध्यापक केशु गिरीले जानकारी दिनुभयो।
उहाँका अनुसार विद्यालय दिवा खाजा तयारका लागी प्रयोग गर्दै आएको कच्ची भवनको छाना सहित अर्को २ कोठे पक्की भवनको टप हावाले उडाएर जमिनमा थुपारेको छ ।
तस्बिर : हावाहुरीले बाल बिध्या माबी मरन्ठानामा पुर्याएको क्षति
२०१७ सालमा स्थापना भएको यो विद्यालयमा ४ सय ४६ जना विद्यार्थी अध्ययनरत छन्।यस्तै उक्त बिध्यालय सहित झिमरुक गाउँपालिका वडा नम्बर ६ स्थित बाल सुधार प्रा बि थारुखर्क र सोही र प्युठान नगरपालिका वडा नम्बर ९, १० अन्तर्गत २४ वटा घर गोठको छाना उडाएको
मरन्ठाना प्रहरी कार्यालय इन्चार्ज राम बहादुर आलेले जानकारी दिनुभयो ।
उहाँका अनुसार क्षतिग्रस्त भौतिक संरचनाको तथ्यांक संकलनका लागि प्रहरी टिम समुदायमै खटिएको छ ।
प्रतिक्रिया राख्नुहोस्