दाङका २६ नाका बन्द
दाङ । कोरोना भाइरसको संक्रमण रोक्न भारतसँग सिमा जोडिएका दाङका नाकाहरु दाङका २६ नाका अनिश्चितकालका लागि बन्द गरिएको छ । भारतसँग सिमा जोडिएको मुख्य कोइलावास २६ वटा नाकाहरु अनिश्चितकालका लागि बन्द गरिएको हो ।भारतमा कोरोना भाइरसको संक्रमण बढ्न थालेसँगै दुवै देशका अधिकारीहरुको सहमतिमा नाकाहरु पूर्ण रुपमा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।प्रमुख जिल्ला अधिकारी रिजालका अनुसार नेपाल–भारत सिमा जोडिएका मुख्य नाकाहरु कोइलावास नाका, भौवा नाका, खंग्रा नाका, पटौली नाका, गुङखोला नाका, भौरीसाल नाका, सुनपथरी नाकालगायत साना तथा ठूला २६ नाका बन्द गरिएको छ ।बन्द गरिएका सिमा नाकाहरुमा सशस्त्र प्रहरी, नेपाल प्रहरीलगायतको सुरक्षाकर्मी राखिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।२६ नाका मध्य सबै भन्दा धेरै चहलपहल हुने नाका कोइलावास नाकामा यसअघि हेल्थ डेक्स स्थापना गरेर दुवैतर्फ आउने जानेहरुको स्वास्थ्य परिक्षण गरिदै आइएको थियो ।
प्रतिक्रिया राख्नुहोस्