दाङ । घोराही उप–महानगरपालिका वडा नं. १४ ले सबै ठाउँमा फुल खेति गर्ने भएको छ । वडा कार्यालयले पुष्प खेति सम्बन्धी तालिम प्रदान गरी वडाका सबै टोल –टोलमा पुष्प खेति गर्न लागेको हो । तालिममा पुष्प खेति, माला बनाउँने,पुष्प कटिङ विउ उत्पादनका सम्बन्धि तालिम प्रदान गरिएको थियो । मानिस जन्मेदेखि मृत्यु सम्म पुष्प अबस्यकता पर्ने भन्दै प्रदेश पाँँचमा उत्पादित पुष्प भगवान गौतम बुद्धको प्रसादका रुपमा विदेश निर्यात गरिने वडा अध्यक्ष शक्तिराम डाँगीले जानकारी दिनुभयो । डाँगीले वडाका सबै टोलमा पुष्प खेति गरी वेरोजगारलाई रोजगार दिने वताउँनु भयो । अधिकासं युवाहरु रोजगारको खोजि गर्दै विदेश पलाएन हुने गरेको भन्दै स्थानिय स्तरमै पुष्पखेति सबै थोरै भएपनि बेरोजगार समस्या हल हुने वताउँनुभयो । यस्तै उप–महानगरपालिकाका उप–प्रमुख सिता सिग्देल न्यौपानेले घोराहीलाई फुलको हव बनाउँने वताउँनुभयो । प्रमुख न्यौपानेले किसानले पुष्प उत्पादन गरे त्यसको निर्यात उपमहानगरपालिले गरि दिने उल्लेख गर्नुभयो । उहाँले दाङमा पुष्प खेतिको राम्रो सम्भावना भएको बताउँदै घोराहीलाई फुलै फुलको सहर बनाउँनु पर्ने भनाई छ। तालिमका वडाका १८ जना किसानको सहभागिता रहेको थियो । कार्यक्रममा पुष्प विज्ञ रमेश पाण्डे, दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल लगाएतले बोल्नु भएको थियो । कार्यक्रमको सहजकिरण वडा सचिव तिलकराम डिसीले गर्नु भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्