कोइलावासमा कोरोना भाइरस जाँच 

दाङ । नेपाल–भारत सीमा  क्षेत्रअन्र्तगत पर्ने दाङको कोइलावास नाकामा कोरोना भाइरस जाँचका (हेल्प डेस्क) स्थापना गरिएको छ ।  जिल्ला स्वास्थ्य कार्यालय दाङ र गढवा गाउँपालिकाको सहयोगमा हेल्पडेस्क स्थापना गरिएको हो । भारतीय भुमि हुदै नेपाल  प्रवेश गर्ने सर्वसाधारणको स्वास्थ्य जाँच गर्ने उदेश्यले हेल्पडेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय दाङकी प्रमुख सुनिता पौडेलले जानकारी दिनुभयो ।  विभिन्न सिलसिलामा भारत पुगेका नेपाली र  भारतबाट नेपाल आउँने भारतीय नागरिकको  स्वास्थ्य जाँच गरेमा मात्र नेपाल प्रवेश गर्न दिने कार्यालयले जनाएको छ । स्वास्थ्य जाँचका क्रममा कोरोनाका विरामी फेला परे तत्काल उपचार गरिने पनि कार्यालयले जनाएको छ  । यसैबीच कोरोना भाइरस नियन्त्रणका लागि नेपाल र भारतका स्वास्थ्यकर्मी बिचपनि छलफल भएको छ ।