खेलाडी राष्ट्रको गहना हुन :मन्त्री थापा

राम बहादुर बिश्वकर्मा

प्युठान,प्युठान नगर स्तरिय अन्तर विद्यालय चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गरिएको छ ।

बिजुवार खेलमैदान सन्चालन भएको प्युठान नगरपालिकाको आयोजनामा शुक्रबार लुम्बिनी प्रदेशका उद्योग तथा यातायात ब्यबस्था मन्त्री सरोज थापा को प्रमुख आतिथ्यमा चौँथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको समुद्घाटन गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै सरोज थापाले खेलमा सहभागी सबैलाई सफलताको सुभकामना व्यक्त गर्दै राष्ट्र लाई विश्व सामु चिनाउन खेलाडिको महत्त्वपूर्ण भुमिका हुने भएकाले अनुसासित भएर खेलमा सरिक हुन आग्रह गर्नुभयो ।खेलाडी राष्ट्रको गहना हुन उहाँले भन्नुभयो-"बिध्यालय,स्थानीय तह,जिल्ला,प्रदेश हुँदै राष्ट्रिय तथा अन्तरास्ट्रिय खेलाडी हुने सपना लिएर खेलमा सहभागी हुन आबश्यक छ।"त्यस्तै कार्यक्रममा लुम्बिनी प्रदेश सभा सदस्य धनलक्ष्मी श्रेष्ठले शरीरलाई स्वस्थ तन्दुरुस्त र फूर्तिलो बनाउन खेल आबश्यक हुने बताउनुभयो।प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले व्यक्तिको शारीरिक,सामाजिक तथा आध्यात्मिक विकासमा समेत ठुलो सहयोग पुर्याउने बताउनुभयो। खेल क्षेत्रको बिकासका लागि सरोकारवाला निकायको समन्वय हुन आबश्यक रहने उहाँको धारणा छ। कार्यक्रममा प्युठान नगर प्रमुख बिष्णु योगिले खेलले समाजमा सद्भाव कायम गर्ने बताउनुभयो।" खेलले समाजमा सद्भाव कायम गर्छ,’उहाँले भन्नुभयो,‘खेलबाट ब्यक्तिलाई मित्रता कायम गर्न सहयोग गर्छ,त्यसैले खेलाडी टिममा एकता,भावना हुन आवश्यक छ।’तीन दिन सम्म सञ्चालन हुने प्रतियोगितामा प्युठान नगर भित्रका सामुदायिक र संस्थागत गरी १४ वटा विद्यालयको सहभागीता रहेको छ। समुद्घाटन कार्यक्रममा प्युठान नगरपालिकाका १४ वटा विद्यालयका करिब ८०० विद्यार्थीहरुले मार्च पास गरेका थिए ।

प्युठान नगरपालिका उप प्रमुख देबेन्द्र बर्माको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रमको सञ्चालन नगर प्रमुख सचिबालयका प्रमुख पुष्कर शर्माले गर्नुभएको थियो। कार्यक्रममा प्युठान नगरपालिकाका १० वटै वडाका अध्यक्ष,सस्थागत र सामुदायिक विद्यालयका प्रध्यानाध्यापक,खेल शिक्षक र विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।