भुकम्प पीडित पश्चिम रुकुमबासीको सारथी बन्न पुग्यो,नेकपा एमाले प्युठान 

भुकम्प पीडित पश्चिम रुकुमबासीको सारथी बन्न पुग्यो,नेकपा एमाले प्युठान 

सीता बि.क
प्युठान,पुन:निर्माणका लागि नेकपा (एमाले)प्युठानको २२ सदस्यीय स्वयमसेवक टोली रुकुम पश्चिम पुगेको छ।भुकम्पले भग्नावशेष भएका वस्तीहरुको खोज र अस्थायी घर-टहरा निर्माण गर्न नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्ट नेतृत्वको २२ सदस्यीय टिम भुकम्प प्रभावित क्षेत्र पुगेको हो।नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य मदुर शर्मा,युवा सघका जिल्ला अध्यक्ष बिशेक थापा,जिल्ला कमिटी सदस्य बिजयसिह भारती,अनेरास्ववियु जिल्ला अध्यक्ष दिल बहादुर दसौंती लगायतका नेताहरु भुकम्प प्रभावित क्षेत्रका पीडितसँगै छन्।कार्तिक १७ गते जाजरकोटलाई केन्द्रविन्दु बनाएर गएको भुकम्पले आफ्नो ज्यान गुमाएका रुकुम पश्चिम सानोभेरी गाउँपालिका वार्ड नम्बर ११ अर्मा,गरिना मा अस्थायी बसोबास र्निर्माण कार्यमा बुधबार देखि पिडितहरुसंगै सुखदुःखमा खटिरहेका छन।पार्टी केन्द्रको निर्णय अनुसार भग्नावशेष हटाउन,अवरुद्ध बाटो पञ्छाउने,खुला आकाशमुनि बसेकाहरुका लागि अस्थायी टहरा बनाउने कामका लागि पश्चिम रुकुम पुगेको स्वयम्सेवक टिमले भूकम्पमा परी ज्यान गुमाएका परिवारलाई सान्त्वना दिदै,घाइते हरुकाे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै नेकपा एमाले प्युठानको टिम प्रभावित क्षेत्रमा निरन्तर खटिएको स्वयंसेवक टिमका संयोजक तथा पार्टी अध्यक्ष बिजय बिराज बिष्टले जानकारी दिए।पार्टी केन्द्रको निर्णय अनुसार १५ दिनसम्म स्वयमसेवकले भुकम्प प्रभावित क्षेत्रमा निरन्तर काम गर्ने बताउनु भएका बिष्टका अनुसार स्वयम्सेवक टोलीले पहिलो काम भग्नावशेष पञ्छाउने,खुल्ला आकाशमुनी बसेकालाई अस्थायी टहरा निर्माण गर्ने काम गर्नेछ।यति वेला राष्ट्रिय तथा अन्तर्राष्ट्रिय दातृ निकायले थुप्रै सहयाेगकाे अपिल गरेका छन र कतिपय ग्राउन्डमै राहतका सामग्रीहरु लियर हस्तान्तरण गरिरहेका छन,सिङ्गो मुलुक यतिवेला भुकम्प प्रभावित क्षेत्रमा केन्द्रीकृत देखिन्छ यति वेला देशमा पीडा थपिएको वेला काेहि पुर्वाग्रही नबनाैँ,सबैले देश राेहिरहेकाे वेला सबैले हातेमालो गराै।अकल्पनीय दैवीकप्रकोपकाे समाना गराै।