राम बहादुर बिश्वकर्मा
प्युठान,डाक्टर रमेशचन्द्र गिरीले २ विद्यार्थीलाई पढाउने जिम्मा लिएका छन्।
लुम्बिनी नेत्र बिज्ञान सस्था भैरहवामा कार्यरत डाक्टर गिरीले प्युठान नगरपालिका वडा नम्बर १० का खरिबोटका २ विद्यार्थीलाई सहयोग गर्ने भएका हुन् ।
सेवा नै धर्म हो, सबै एकवद्ध भई मित्रभावले शैक्षिक उत्थानका लागि जुटौँ’ भन्ने उद्देश्यले तिलोत्तमा नगरपालिका वडा नम्बर १ स्थित ड्राइभरटोल निबासी डाक्टर गिरीले ग्रामीण क्षेत्रमा रहेको एक सामुदायिक बिध्यालयमा अध्ययनरत बिपन्न बालबालिका सिमा के एम र कृष्ण के एम को अभिभावकत्व ग्रहण गरेका हुन्।यी बालबालिका सानै छदा बुवा बेपत्ता भई मावलीको संरक्षकत्वमा रहदै अहिले बाल बिध्या माध्यमिक विद्यालय मरन्ठाना मजुवामा कक्षा ५ र ३ मा अध्ययनरत छन्।
तस्बिर: यी हुन बिध्यालय अध्ययनरत बिध्यार्थी सिमा के एम र कृष्ण के एम
रुपन्देही बाट बिध्यालयका प्र अ केशु गिरी लाई जानकारी गराई विद्यार्थीलाई सहयोग गर्दै दोय एकै घरका के एम बालबालिका लाई कक्षा १० सम्मको अध्ययनमा सघाउने गिरीले घोषणा गरे।उनीहरूका लागि गिरीले वार्षिक पढाइ खर्च सामाग्री स्टेशनरि,पोशाक लगाएतमा लाग्ने रकम सहयोग गर्नेछन्। जसअन्तर्गत शुक्रबार प्र अ केशु गिरी मार्फत असार देखि भाद्र महिना सम्मको १ हजार ६ सय ३० रुपैयाँ हस्तान्तरण गरिएको छ।
तस्बिर: बिध्यालयका प्र अ केशु गिरी मार्फत घरमै गई बालबालिका लाई रकम हस्तान्तरण गर्दै
बिध्यालयका प्र अ गिरीले रकम हस्तान्तरण गर्दै बिपन्न परिबार बालबालिकाको पठन पाठनको जिम्मा लिएका गिरीलाई धन्यवाद दिदै अध्ययनमा विशेष ध्यान दिन बालबालिकालाई आग्रह गरेका छन् ।
आँफुले लिएको जिम्मा पुरा गर्न साथीहरुसंग समेत सहकार्य गर्ने डाक्टर गिरीले बताए।‘गरिबीका कारण पढ्न नपाएका हरेकले पढ्न पाउनु पर्छ भन्ने मेरो मान्नेता हो,’ गिरीले भने ‘पहिला कक्षा १० उत्तिर्ण गरेपछि उनीहरुको अवस्था र चाहाना हेरेर थप निर्णय गरिने छ ।’
गिरीले अहिलेसम्म विभिन्न संघसंस्थामा आवद्ध भएर धेरै सामाजिक कार्य गर्दै आएका छन।
तस्बिर : यी हुन मनकारी डाक्टर रमेश गिरी
प्रतिक्रिया राख्नुहोस्