सीता बि.क
प्युठान,कर वृद्धिको विरोधमा नेकपा एमाले स्वर्गद्वारी नगर कमिटी आन्दोलनमा उत्रिएको छ। नगरपालिकाले अनावश्यक गरेको कर वृद्धिको विरुद्धमा आज नेकपा एमाले स्वर्गद्वारी नगर कमिटीले स्वर्गद्वारीमा शक्ति प्रदर्शन गर्दै कर वृद्धि फिर्ताको माग गरेको हो।
करको दर फिर्ता गर,चर्को कर उठाउन पाईदैन,जनता मार्न पाईदैन लगायतका नारा लगाउँदै जलुकेबाट सयौँको संख्यामा शुरु भएको नाराबाजी सहितको विरोध र्याली नगर परिक्रमा गर्दै स्वर्गद्वारी नगरपालिकाको कार्यालयमा पुगेको थियो।
कोणसभालाई सम्बोधन गर्दै नेकपा एमाले प्युठान जिल्ला कमिटी अध्यक्ष बिजय बिराज बिष्टले जनताले तिर्न नसक्ने गरी त्यो पनि सरोकारवालाहरुसंग व्यापक छलफल बिना अत्याधिक कर वृद्धि गर्नु न्यायोचित नभएको बताए।
कर वृद्धि भन्दा करका दायरा वृद्धि गरौं,कर वृद्धिको बिषयमा जनताले तिर्न सक्ने गरि कर कार्यविधि सहित सरोकारवाला बिच व्यापक छलफल आबश्यक रहेको उनको भनाई छ।
नेकपा एमाले स्वर्गद्वारी नगर कमिटीका अध्यक्ष राम प्रसाद श्रेष्ठले जनताबाट निर्वाचित जनप्रतिनिधिले जनताको ढाड सेक्नेगरि गरेको कर वृद्धि स्वर्गद्वारी नगरबासीले नरुचाएको बताए।
श्रेष्ठले भने-"जनप्रतिनिधिले धेरै सेवा सुबिधा लिनका लागि मात्र कर वृद्धि गरिएको छ,नत कुनै मापदण्ड अनुसार छ नत जनतालाई न्यायोचित,त्यसैले बाध्य भएर सडकमा उत्रिनु परेको हो।"

प्रतिक्रिया राख्नुहोस्