सुनौलो हजार दिनका महिलाको आयआर्जन र पोषण सुधार गर्न बाख्रा बितरण

सुनौलो हजार दिनका महिलाको आयआर्जन र पोषण सुधार गर्न बाख्रा बितरण

सीता बि.क
प्युठान,प्युठान नगरपालिकाले सुनौलो हजार दिनका विपन्न महिलाहरुलाई आयआर्जन र पोषण सुधार गर्न बाख्रा प्रदान गरिएको छ।प्युठान नगरपालिका वडा नम्बर ९ र १० का सुनौलो हजार दिन अन्तरगतका २५ जना महिला दिदिबहिनीहरुलाइ २ वटा बाख्राका दरले ५० वटा बाख्रा बितरण गरिएको हो। 
बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तरगत विपन्न महिलाहरुको सशक्तीकरण तथा व्यवसायिक उद्यमशीलता प्रबर्द्धनका लागि बाख्रा उपलब्ध गराएको नगर प्रबक्ता सुमन श्रेष्ठले बालबालिकाको हेरचाहमा आमा र परिवारका अन्य सदस्यको पनि उत्तिकै भूमिका महत्वपुर्ण रहनुपर्ने बताउनुभयो ।बच्चा आमाको गर्भमा रहेको दिनदेखि १ हजार दिन आर्थात् जन्मिएको २ वर्षसम्म बच्चाको ८० प्रतिशत मस्तिष्कको विकास भइसक्ने भएकाले उनीहरूको वृद्धि विकासका लागि आयस्तरमा वृद्धि होस भन्ने धारणा समेत श्रेष्ठले राख्नुभएको थियो।
साथै महिलाको अवस्था सुधार गर्न परिवारको आर्थिक अवस्था सुधार हुनुपर्ने भन्दै आमा र बच्चा दुवैको स्वास्थ्य र पोषण सुधारका लागि महिला आफै सक्षम हुन जरुरी रहेको बताउँदै उहाँले नगरपालिकाबाट पाएको अनुदानको सही सदुपयोग गरि आयआर्जन गर्न आग्रह गर्नुभयो।नगर प्रमुख बिष्णु योगिले पोषणको अभावमा आमा र बच्चालाई कुपोषण हुन नदिनका लागि महिलाहरु आफै आत्मनिर्भर भई पोषण खानेकुरा प्राप्त गर्न सकुन भन्ने उद्देश्यले नगरपालिकाले आयआर्जनका लागि बाख्रा अनुदान उपलब्ध गराएको बताउनुभयो। उहाँले प्राप्त अनुदान बीउ पुजिलाई आयआर्जन गर्न र पोषण सुधारमा ध्यान दिन सुनौला हजार दिनका महिलाहरुलाई आग्रह गर्नुभयो।