सीता बि.क
प्युठान,गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)अन्तर्गत वडा नम्बर ३ ओखरबोटमा ८ दिने ब्यबसाय सचेतना शुरु तथा लैङ्गिक समानता(उद्यमशीलता विकास तालीम) सम्पन्न गरिएको छ।
नगरपालिकाले उद्यमशीलता अभिबृद्धि गर्दै रोजगारी तथा स्वरोजगारी सृजना गर्ने उदेश्यले उद्यमसिलता तथा सीप बिकास मार्फत उक्त क्षेत्रमा नयाँ उद्यमि सृजना गर्न लागिएको हो।
तालिममा वडाका १९ जना महिला दिदिबहिनी सहभागी रहनुभएको छ । तालिम पश्चात् महिलाहरुलाई समुहमा आबद्ध बनाई व्यबसायिक बनाउन विभिन्न माग अनुसार व्यबसायमा लगानी गरिने उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले जानकारी दिनुभयो ।
तालीमको समापन कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले व्यबसाय संचालन गरेर उदाहरणीय बन्ने गरि अगाडि बढ्न सहभागी महिलालाई अनुरोध गर्नुभयो।पछिल्लो समय धेरै महिलाले उद्यम गरेर नमुना भएको बताउदै प्युठान नगरपालिकाको उद्यमलाई बाहिर चिनाउने गरि तालिममा सिकेका ज्ञान अबलम्बन गर्न र थप सिपको लागि तयार भएर लाग्नुपर्नेमा जोड दिनुभयो।
सोही अबसरमा प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष तथा नगर प्रबक्ता सुमन श्रेष्ठले सिकाईको उत्सुकता जस्तै व्यबसायमा उत्कृष्ट हुनेगरी सीप बिकास तालिममा सहभागी हुन आग्रह गर्नुभयो ।
सहभागी पुनम सुनारले तालिम उपल्ब्धी मुलक रहेको बताउदै निर्बाहमुखी भएकोमा अब व्यबसायिक बन्ने गरि अगाडी बढ्ने बताउनुभयो ।
सुनारले तालीम बाट घरमा मात्र सिमित नरहेर व्यबसायिक बन्नुपर्छ भन्ने धारणाको विकास हुनु महत्वपूर्ण भएको बताउनुभयो।तालिममा आम्दानिका श्रोत के हो?कसरी कार्यान्वयन गर्ने,परिवार र व्यबसाय लाई कसरी संगसंगै लाने व्यावसायिक योजना कसरी तयार गर्ने भन्ने बिषयमा सिकाई सिकेको बताउदै उहाँले अब व्यबसायिक नबन्दा सम्म नगरपालिकाले हरेक सिपमा जोड दिनुपर्ने बताउनुभयो ।


प्रतिक्रिया राख्नुहोस्