ब्यबसाय सचेतना  शुरु  तथा लैङ्गिक समानता तालीमको उद्घाटन

सीता बि.क
प्युठान,प्युठान नगरपालिकाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा)अन्तर्गत वडा नम्बर १ खैरामा ८ दिने उद्यमशीलता विकास तालीम संचालन गरिएको छ।तालीमको उद्घाटन कार्यक्रममा बोल्दै प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले उद्घमशिलता तालिम पश्चात्  सामग्रीको उत्पादनमा जोडिदै आर्थिक उपार्जनमा लाग्न आग्रह गर्नु भयो।उहाँले महिलाहरु सधै परिवारको ऋण बोक्ने मात्र नभई उत्पादनसँग जोडिएर आफै सक्षम बन्ने कार्यमा लाग्नपर्ने भन्दै  वहाँले भन्नु भयो,‘व्यसायमा जोडिनका लागि आर्थिक रुपमा असहज भए नगरपालिका तयार छ,तर काम गर्न आर्थिक समस्या पर्दैन । नगरप्रमुख योगिले उत्पादन भएको सामग्री बिक्रीका लागि नगरपालिकाले वातावरण निर्माण गर्दिने समेत जानकारी दिनु भयो ।त्यस्तै प्युठान नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले तालिमको नाममा तालिम दिने मात्र होइन प्रयोगमा ल्याउँदै आर्थिक पाटोमा जोडिन आग्रह समेत गर्नु भयो । तालिम भनेपछि हरेक ठाउँमा जाने बानिलाई त्याग्दै दिगो र व्यवस्थित ढंगबाट काम गर्नुपर्ने बताउनु भयो । नगरपालिकाले महिलाहरुको आय-आर्जनका लागि दिएको तालिम बालुवामा पानी हाले झै नबनाउँन सहभागिहरुलाई सुझाव दिनु भयो।प्युठान नगरपालिकाका नगर प्रबक्ता समेत रहेका श्रेष्ठले कस्तो ब्यवशाय सुरु गर्दा र त्यो ब्यवशाय कसरी संचालन गर्दा राम्रो होला वा नहोला भन्ने जानकारीको अभावका कारण  उद्यमिले घाटा ब्यहोर्नु परेकाले उद्यमशिलता बिकास तालिमले व्यवस्थापन,बजारिकरणको बिषयमा भरपुर सहयोग मिल्ने भन्दै श्रेष्ठले भन्नुभयो -"तालिम पस्चात नयाँ बन्ने उद्यमीले प्रयाप्त श्रोत साधन,लगानी, इच्छा लगायतका बिषयमा प्रथामिकता दिन आबश्यक छ।"जिल्ला समन्वय समिति प्युठानकि सदस्य निर्मला पोख्रेलले महिलाहरुलाई उत्पादनमा जोड्न सके मात्रै समाजको विकास हुने बताउनुभयो । महिलाहरु आफ्नो ब्यबहार सञ्चालन गर्न परनिर्भर भैरहँदा समाज एक पक्षिय बनेको भन्दै उहाँले महिलालाई उत्पादनका कुरामा जोड्न सके स्वाबलम्बि बन्ने र त्यसले सामाजिक बिभेद अन्त्य हुने बताउनुभयो।
घरका कामहरु भ्याउँदै आम्दामी गर्न सकेमा गृहिणीहरु पनि स्वाबलम्बि हुने भन्दै उहाँले महिलाहरु आत्मनिर्भर भएमा समाजका बिभिन्न प्रकारका बिभेद हटेर जाने बताउनुभयो।प्युठान नगरपालिका वडा नम्बर १ का कार्यबाहक अध्यक्ष उषा सुनारको अध्यक्षतामा सुरु भएको तालीमको स्वागत मन्तब्य  आर्थिक बिकास शाखा प्रमुख तथा गरिबी निवारणका लागि लघु उद्यम बिकास कार्यक्रमका सम्पर्क ब्यक्ति चन्द्र बहादुर जि सि ले गर्नुभएको थियो।चैत ९ गते सम्म सन्चालन हुने उक्त तालिम पश्चात् ब्यबसाय छनोटको आधारमा प्रशिक्षार्थीलाई सीप बिकास तालिम प्रदान गरिने उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले जानकारी दिनुभयो ।