गरिब र असाहयको सारथी बन्दै वडा अध्यक्ष सुमन श्रेष्ठ  

राम बहादुर बिश्वकर्मा

प्युठान,धन भएर मन नभएका मान्छेहरु यो समाजमा अलि धेरै नै होलान् । अकुत सम्पति कमाए फजुल खर्च गर्नेहरु पनि कम छैनन् यहाँ । धन भएर पनि मन हुनेहरुको संख्या केही हदसम्म समाजमा भेटिन्छन् जो अरुको दुंखमा सारथी हुन चाहन्छन्। आफ्नो केही सहयोगले अरुको पिर मर्का र समस्या हल हुन्छ भने सायद त्यो व्यक्ति भगवान सरह हुन्छ भन्दा फरक नपर्ला ।

प्युठान नगरपालिका वडा नम्बर-३ बिजयनगर स्थित मुक्ति माध्यामिक बिधालय रातामाटामा कक्षा-३ मा पढने राजु कुमाल गणतान्त्रिक खेल मैदानमा संचालित स्वर्गद्वारी प्युठान महोत्सवको पहिलो दिन निन्याउरो मुख गराई बिधालय पोसाकमा तित्री बेच्न पुगेको तस्बिर सामाजिक संजालमा भाइरल बन्न पुग्यो सबैलाई लाग्यो होला यो रहर होला कि बाध्यता? तर,यी अबोध बालकको बास्तबिकता कसले बुझ्ने,भनिन्छ हरेक समस्यामा भगवानले साथ दिन्छन् हो यी बालक का लागि भगवान बनेर प्युठान नगरपालिका वडा नम्बर -३ का वडा अध्यक्ष सुमन श्रेष्ठले बालक राजुलाई नगद रु पाँच हजार सहित राजु अध्ययनरत बिध्यालयमा समन्वय गरि पठनपाठनमा लाग्ने सम्पुर्ण खर्च बेहेर्ने भएपछि कुमाल परिबारले श्रेष्ठलाई पाए ।प्युठान नगरपालिकाका नगर प्रबक्ता समेत रहेका युवा राजनीतिज्ञ तथा समाजसेवीको रुपमा सक्रिय श्रेष्ठले परिवारको दयनिय अवस्था र बालकको अवस्था देखेर मनमा केही सहयोग गर्न आबश्यकता महसुस भयो। चर्चामा आउने चाहाना कदापि होइन श्रेष्ठ भन्छन् । 
हुन् त समाजको लागि सबैभन्दा बढी योगदान गर्ने श्रेष्ठ  जिल्लाका युवा समाजसेवीकोे रुपमा परिचित छन् उनी । 
मेरो सानो सहयोगले एउटा बालकको पठनपाठनमा टेवा पुग्छ  भने म किन पछि पर्ने श्रेष्ठले भने । मानवताको नाताले म बालकलाई सक्दो सहयोग गरेको मात्र हो,श्रेष्ठ भन्छन्, ‘व्यक्तिगत भन्दा पनि मैले समाजको लागि केही गरौँ भन्ने सोच छ,मैले यी बालकलाई सहयोग गर्दा उनको भबिश्य बन्छ भने मेरो लागि यो नै धर्म हो।’‘मान्छे एक दिन मरेर जान्छ,’ उनले भने,‘पैसा लिएर कोही जाँदैन। केही सहयोग समाजका निम्ति गर्न सकियो भने त्यसबाट अवश्य पुण्य कमाइन्छ ।’

को हुन श्रेष्ठ 

समाजमा केही सकारात्मक कर्म गरौँ भन्ने पवित्र भावना बोकेका व्यक्ति कमै हुन्छन् । तिनै कमै मध्येका एक हुन्– सुमन श्रेष्ठ प्युठान नगरपालिका वडा नम्बर- ३  बिजयनगर निवासी उनि  दिन दुःखी, असहाय, अनाथ, वियोग तथा विपत्तिका बेला सच्चा सारथि बनेर उभिने गरेका छन् । समाजमा आइपर्ने आपतविपतमा उनले विना स्वार्थ सहयोग गरेर मलमपट्टी लगाइरहेका छन् ।

कसैको घरमा चामल छैन,त्यहाँ उनी चामल लिएर पुग्छन् । कसैको खर्च अभावमा उपचार हुन पाएको छैन भने त्यहाँ उनी सहयोग गर्न पुग्छन् । समाजमा आइपर्ने जस्तोसुकै अभाव टार्न उनको केही न केही सहयोग पुगेकै हुन्छ।आज त्यही सहयोगको भावनाले गर्दा उनको परिचय पनि फराकिलो बन्दै गएको छ।तिनै सुमन श्रेष्ठ लाई समाजले खोजिरहन्छ।

२०५० सालमा जन्मिएका श्रेष्ठको बाल अवस्था अभावबाटै गुज्रियो । ‘म कुनै धनी  परिवारको मान्छे होइन,’ विगत सम्झँदै उनले भने, ‘त्यो बेलाको अभाव सम्झन्छु र म जस्तै अरूको पनि अवस्था त्यही होला जस्तो लाग्छ ।’
उनले विभिन्न  सामाजिक क्षेत्रमा ठुलो मानवीय सहयोग पुर्‍याएका छन् । 

सङ्घसंस्थामा दर्बिलो भूमिका

कम्युनिस्ट विचारधाराका श्रेष्ठ विद्यार्थी कालदेखि नै राजनीतिमा सक्रिय छन् । मुक्ति मा बि रातामाटाको स्कुले जीवनबाट अनेरास्ववियू(क्रान्तिकारी)मा आबद्ध श्रेष्ठले पार्टी सदस्य २०६५ सालमा आएर नेकपा माओबादी केन्द्र पार्टीको सदस्यता लिए। २०६६ सालमा सङ्गठित सदस्य बनेका उनले नेकपा (माओबादी केन्द्र)पार्टी भित्र लोकप्रिय युवा नेताको छवि बनाएका छन् ।

बिध्यार्थि सङठन को जिल्ला अध्यक्ष,केन्द्रिय सदस्य,सचिवालय सदस्य,प्रदेश कमिटी सह संयोजक,संयोजक हुँदै केन्द्रिय समितिको सचिब को जिम्मेवारी समेत समालेका छन। उनको क्षमता र आँटलाई देखेर पार्टीले थप माथिल्लो जिम्मेवारी दिँदै लग्यो ।
उनको आवश्यकता महसुस गरेसँगै भर्खरै सम्पन्न स्थानिय निर्वाचनमा पार्टीले वडा अध्यक्षको उमेदवारका लागि टिकट दिएपछि हाल आएर  ३ नम्बर वडा अध्यक्ष पदको महत्त्वपूर्ण जिम्मेवारी वडाबासी ले प्रदान गरेको छन । 
पार्टीमा मात्र होइन,उनको सामाजिक सङ्घसंस्थामा पनि उत्तिकै आवश्यकता खड्किने गरेको छ । उनी थुप्रै सङ्घसंस्थामा आबद्ध रहेर सामाजिक परिवर्तनमा सहयोगी बनेका छन् ।
‘समाजका सच्चा सिपाही’ का रूपमा चिनिएका श्रेष्ठ समयको ख्याल र काममा विश्वास गर्छन् । स्पष्ट वक्ता र निष्पक्ष व्यक्तिको रूपमा छवि बनाएका श्रेष्ठ भन्छन्, ‘आइपर्ने समस्यालाई तपाईँ हामीबाटै समाधान खोज्नुपर्छ । मान्छे मान्छेलाई सहयोग गर्ने हो भने समाज आफै बन्छ ।’

‘असली समाजसेवी त त्यो हो,जसले हरेक समाजमा बसोबास गर्ने समुदायका दुःख सुखलाई नजिकबाट नियालेको हुन्छ। अनि त्यही दुःख सुखमा साथ दिन्छ र चहर्‍याइरहेको घाउमा मलहम पट्टीको काम गर्छ’ श्रेष्ठ भन्छन्-‘जतिखेर विश्वमा  कोरोना भाइरस कोभिड-१९ को सङ्क्रमण र सन्त्रास थियो, हजारौँ मानिसको ज्यान गइसकेको थियो,लाखौँ मानिसहरू सङ्क्रमित थिए त्यस बेला मैले विना स्वार्थ नगरका विभिन्न वडाहरूमा पुगेर वडावासीलाई गरेको योगदानले पुष्टि गर्दछ।’