प्युठानि नव गायक बिनोद र शान्ति श्री परियारको "न्याउली बनैमा" लोक दोहोरी गीत सार्वजनिक (भिडियोसहित)

प्युठानि नव गायक बिनोद र शान्ति श्री परियारको "न्याउली बनैमा" लोक दोहोरी गीत सार्वजनिक (भिडियोसहित)

राम बहादुर बिश्वकर्मा
प्युठान,नेपाली लोक तथा दोहोरी गीत संगीतको सम्वर्धन र प्रवर्धनमा जुटिरहेका गायक बिनोद परियारको पहिलो लोक दोहोरी गीत “न्याउली बनैमा” सार्वजनिक भएको छ।गीतमा  बिनोद परियार र शान्ति श्री परियारको सुमधुर स्वर सुन्न सकिन्छ । गीतको शब्द गायक बिनोदकै  रहेको छ ।
माया प्रेमको भावलाई समेटेर काल्पनिक तथा मौलिकतामा तयार भएको उक्त गीतको भिडियोमा मुना के सि को अभिनय देख्न सकिन्छ ।प्युठानको टिकुरिमा भिडियोको छायांकन गरिएको थियो भने उक्त गित बिसाल चौतारीको अफिसियल युटुब च्यानल बाट बजारमा ल्याइएको छ।भिडियोसहित