सीता बि.क
प्युठान,उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोग र प्युठान नगरपालिकाको आयोजनामा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत प्युठान नगरपालिका-३ स्थित बिजयनगरका लघु उद्यमी वन्न चाहने आर्थिक विपन्नहरुका लागि बिहिवार रातामाटामा सहभागितात्मक ग्रामीण लेखाजोखा कार्यक्रम सञ्चालन भएको छ ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुमन श्रेष्ठले आफ्नो भित्रको इच्छाशक्ति जगाएर उद्यमी वन्न अघि सर्नका लागि उत्प्रेरणामुलक मन्तव्य व्यक्त गर्नुभयो ।
केही गर्छु भन्ने सोच मात्र बनाउन वडाबासी लाई आग्रह गर्दै श्रेष्ठले भन्नुभयो " आबश्यक सहयोगको जिम्मेवारी म लिन्छु।"
लघु उद्यम बिकासको क्षेत्र होस या जुनसुकै बिकास निर्माणको क्षेत्रमा नगरकै नमुना वडा बनाउने आफ्नो संकल्प रहेको वडा अध्यक्ष श्रेष्ठको भनाई छ।
उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले कार्यक्रमका बारेमा बोल्दै आर्थिक विपन्न समुदाय स्वनिर्भर वन्ने कार्यक्रममा सक्रिय सहभागि हुन आग्रह गर्नुभयो ।
बिश्वकर्माले भन्नुभयो-" सहभागितामुलक ग्रामिण लेखाजोखा विधिबाट आर्थिक विपन्न वर्गको पहिचान गरी सहभागिले सामाजिक नक्सा र स्रोत नक्सा तयार गर्दै कार्यक्रमको प्रभावकारिताको पक्षमा आफ्ना योजना बनाउनु पर्दछ ।"
लघु उद्यम विकास कार्यक्रम सञ्चालन स्वीकृत निर्देशिका २०७७ को दफा २१ को उपदफा ३ बमोजिम लघु उद्यमी सृजनाका लागि यो वर्ष वडा नम्बर १ र ३ मा कार्यक्रम सञ्चालन हुने भएको हो।


प्रतिक्रिया राख्नुहोस्