राम बहादुर बिश्वकर्मा
प्युठान,सिभिल बैंक प्युठान शाखाले स्थानिय एक बिद्यालयमा अध्ययनरत छात्रालाई छात्रवृत्ति प्रदान गरेको छ । प्युठान नगरपालिका ९ स्थित बाल बिध्या माध्यमिक विद्यालयमा कक्षा ७ मा पढ्ने निरुता गिरीलाई प्रमाणपत्र र रु ५ हजार सहयोग गरेको हो।
बैंकको १२ औं स्थापना दिवशको अवसरमा सामाजिक कार्य अन्तरगत उक्त सहयोग गरेको बैंकका शाखा प्रबन्धक जनक कार्किले बताउनुभयो।
छात्रवृत्ति वितरण कार्यक्रमका क्रममा आफ्नो वक्तव्य राख्दै बिध्यालयका प्रअ केशु गिरीले बैंक नाफा मुलक सस्था भएपनि बार्षिक उत्सबको अबसरमा यसरि सामाजिक उत्तरदायित्व बहन गरेकोमा बैंकलाई धन्यवाद दिदै छात्रवृत्ति पाएकि विद्यार्थीले सहि सदुपयोग गरी जिवनमा प्रगति गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
तस्बिर: छात्रवृत्ति हस्तान्तरण गर्दै बैंकका प्रबन्धक जनक कार्की र बिध्यालयका प्र अ केशु गिरी
कार्यक्रममा बैंकका कर्मचारी,बिधालयका शिक्षक शिक्षिका र बिधालयका विद्यार्थीहरुको उपस्थितिमा सो कार्यक्रम सम्पन्न भएको थियो।
सिभिल बैंकले आफ्नो स्थापनाकाल देखि नै बालबालिकाको क्षेत्रमा आफ्नो संस्थागत सामाजिक उत्तर दायित्वको कार्यक्रम अन्तरगत यस्ता कार्यहरू प्रत्येक वर्ष गर्दै आएको जनाएको छ। 
प्रतिक्रिया राख्नुहोस्