जिउँदाको जन्ती र मर्दाको मलामी बनेर प्युठानी जनताको साथमा हुनेछु : सूर्य थापा 

जिउँदाको जन्ती र मर्दाको मलामी बनेर प्युठानी जनताको साथमा हुनेछु : सूर्य थापा 

सीता बि.क
प्युठान,प्रतिनिधि सभा सदस्यका उम्मेद्बार सुर्य थापाले आफु निर्वाचनमा बिजयी भएपछि प्युठानि जनताको जीउँदाको जन्ती र मर्दाको मलामी बन्ने बताउनुभएको छ।
शनिबार प्युठान नगरपालिका वडा नम्बर १ खैरामा आयोजित चुनावी सभामा उहाले भन्नुभयो ‘जनताको प्रतिनिधि भएपछि समस्या बुझ्न पनि सक्नुपर्छ,म त्यो थाहा पाउन तपाईको दुख,सुखमा साथै हुनेछु।’
सयौँको संख्यामा एमाले कार्यकर्ता र सर्वसाधारण मतदाताको बिचमा उहाँले जनप्रतिनिधिका रूपमा १० बर्ष समय ब्यतित गर्दा पनि जिल्लाको बिकासका लागि सिन्को भाँच्न नसक्ने ब्यक्ति फेरि जनतामा भ्रम छरेर संसदमा पुग्ने दुस्साहस गरिरहेको बताउदै अब जनता सचेत भएका कारण उनीहरुको सपना यस पटक पुरा नहुने दावी गर्नुभयो ।अहिले एमालेविरुद्ध गठबन्धन गरिएको छ । यसले केही फरक पर्दैन जनताले निर्णय गर्नेछन् एमालेको जित सुनिस्चित छ।’ प्युठानमा नेकपा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउंदै वहाँले भन्नुभयो,त्यसपछि जिल्लाको बिकास र समृद्धिले गति लिने छ।त्यसको स्पष्ट खाका आफुहरुसंग रहेको पनि उम्मेदवार थापाले बताउनुभयो।
जिल्लामा हरेक क्षेत्रको विकासका काम गर्नका लागि एमालेको जित आवस्यक रहेको बताउनुभयो । उहाँले भन्नुभयो–‘बिजयी भएपछि पार्टीको घोषणा पत्र अनुसार काम गर्ने यो पटकको प्रतिस्पर्धा फरक छ ।
नेकपा एमाले बहुमतका साथ सरकार स्थापना गरेर अधुरो अपुरो काम गठबन्धनले रोकेका काम पूरा गर्ने एमाले सरकारमा जान आवस्यक रहेको बताउनुभयो । 
एमालेले सुरु गरेको समृद्ध नेपाल सुखी नेपालीको नारा पूरा गर्ने अभियानमा जनताको साथ आवस्यक रहेको बताउनुभयो। 
नेकपा एमाले  जिल्ला समिति प्युठानका पार्टी  अध्यक्ष बिजय बिराज बिष्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा प्युठान  प्रदेश निर्बाचन क्षेत्र ‘क’ का उम्मेदवार तुल्सिराम शर्मा लगायतका नेताहरुले पनि सम्बोधन गर्नुभएको  थियो।