प्रतिनिधि सभाका लागि प्यूठान कांग्रेसका ५ जनाको नाम सिफारिस

प्रतिनिधि सभाका लागि प्यूठान कांग्रेसका ५ जनाको नाम सिफारिस

प्यूठान, सत्तारुढ गबन्धन घटक दल नेपाली कांग्रेस प्यूठानले आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा निर्बाचनका लागि प्रत्यक्ष तर्फ ५ जनाको नाम सिफारिस गरेकोछ । नेपाली कांग्रेस प्यूठानको शनिबार बसेको बैठकले प्रतिनिधि सभा निर्बाचनका लागि प्रत्यक्ष तर्फ डा. गोबिन्दराज पोख्रेल,अमर भण्डारी, शुवास के.सी., शिवराज रिजाल र खिमानसिंह रायमाझीको नाम सिफारिस गर्ने निर्णय गरेको गरेको हो । यस्तै कांग्रेसले प्रदेश सभा निर्बाचनका लागि भने यस अघिनै सिफारिस गर्ने नामहरुको टुंगो लगाईसकेको छ ।
एउटा मात्र प्रतिनिधि सभा निर्बाचन क्षेत्र रहेको प्यूठानमा सत्ता साझेदार दलहरु मध्य नेपाली कांग्रेस, माओबादी केन्द्र र राजमो बिच भाग बण्डाको आधारमा कस्ले लिने भन्ने टुंगो लागेको छैन । मुख्य गरि यी ३ दलहरु बिच समजदारी भयो भने प्रतिनिधि सभा र दुईवटा प्रदेश सभा मध्य एक एक वटा हुने स्रोतले बताएको छ । तर प्रतिनिधिसभा निर्बाचन क्षेत्र कस्ले पाउने भन्ने टुंगिदा साथ प्रदेश सभाका दुबै क्षेत्र टुंगिने बताईएकोछ ।
कांग्रेसबाट डा. गोबिन्द राज पोख्रेल, राजमोबाट दुर्गा पौडेल र माओबादीबाट लिलामणी पोख्रेल याहसिया हतौडा चिन्हमा बामदेव गौतम यी ४ जना नेताहरुको सत्ता गठबन्धनमा चर्चा छ । राजमोले प्यूठानमा आफ्नो दावी रहेको बताईरहेको छ भने कांग्रेस र माओबादीले पनि यसपटक आफूले नछाड्ने दाबी गरेकछन् ।
उता प्रतिपक्ष एमालेले पनि प्रदेश सभाका लागि उमेदवारको टुंगो लगाईसकेको जनाएको छ भने प्रतिनिधि सभाका लागि पनि सुर्य थापाको नाम चर्चामा छ ।