लमही,घोराही,तुलसीपुरका  ६ खोलामा  पुल 

११ खोला मध्य यषबर्ष ६ खोलामा पुल निर्माण

लमही,घोराही,तुलसीपुरका  ६ खोलामा  पुल 

दाङ । लमही, घोराही, तुलसीपुर सडक खण्डका ६ वटा खोलामा पुल निर्माण गरिएको छ । यस सडक खण्डको बबई नदी, सिस्ने खोला  , कुटुवा खोला  ,गुर्जे खोला ,संक्राम खोला  र गुहार खोलामा  गरी ६ वटा पुल निर्माण गरिएको हो । उक्त सडक खण्डको ११ खोला मध्य यषबर्ष ६ खोलामा पुल निर्माण गरी यातायात संचालन गरिएको सडक डिभिजन कार्यालय दाङका ईन्जिनिएर लिला भण्डारीले जानकारी दिनुभयो ।

२०७० देखि पुल  निर्माणको काम थालिए पनि पटक/पटक म्याद थपगरी यसै बर्ष मात्र यी पुलले पुर्णता पाएका हुन । ७३ करोडको लागतमा निर्माण गरिएको पुल संचालनमा आएसंगै सर्वसाधारणलाई आवत–जावत गर्न सजिलो भएको स्थानिय बताउनँ छन् ।   यसोत सो सडक खण्डको गुहारखोला पुल  ८ महिना अगाडी नै सम्पन्न भएको छ । २०७७ असार मसान्त सम्म पुल सम्झौताको म्याद सकिने भएपनि निर्माण कम्पनीले  मंसिरमै पुल निर्माणको सबैकाम पुरा गरेको  निर्माण कम्पनीका  सिनेट श्रेष्ठको भनाई छ ।नियमित काम गरे समयमै निर्माणको काम सकिदो रहेछ भन्ने कुरा गुहार खोलाको पुल निर्माणले देखाएको छ । यसरी काम गरे सरकारले सारेको सुखी नेपाली,समृद्ध नेपालको नाराले सार्थकता पाउँने देखिन्छ ।