प्युठान,प्युठान नगरपालिका १० मा नेपाली कांग्रेसका प्रभावशालि नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन । वडा नं १० का वडा सभापति समेत रहेका माधव पराजुलिको नृतृत्वमा सोमबार २८ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन ।नवप्रवेशिहरूलाई नेकपा एमाले स्थायी कमिटि सदस्य मणिचन्द्र थापा, जिल्ला कमिटि अध्यक्ष बिजयविराज विष्ट लगायतले एमालेमा स्वागत गर्दै प्रवेश गराउनुभएको थियो । २०७४ सालको स्थानीय तह निर्वाचनमा पराजुलि ८ मतले पराजित हुनुभएको थियो । सोमबार ओपचारिक प्रवेश गरेका बाहेक अन्य नेता तथा कार्यकर्ताको नाम खुलाएको छैन ।उनिहरूलाई निर्वाचन हुनु अगावै पार्टिमा प्रवेश गराउने तयारि भइरहेको एमाले प्युठानले जनाएको छ । प्युठान नगरपालिका १० को सारिवाङमा पराजुलि एमालेमा प्रवेश भएसंगै नेपाली कांग्रेस र राष्ट्रिय जनमोर्चाको निद हराम भएको छ भने गठबन्धनमा खैलाबैला मच्चिएको छ ।निर्वाचनका लागि गठवन्धनमा जोड दिइरहेका कांग्रेस, राजमो र माओवादि केन्द्र बिचल्लिमा परेको एमाले प्युठानको भनाइ छ । पराजुलि एमाले प्रवेशसंगै वडा नं १० मा गठबन्धन सहितका दलहरूले हार बेहोर्नुपर्ने भएपछि उहांलाइ पार्टिमा फर्काउन जोड गरेका छन । लामो समयदेखि कांग्रेस राजनितिमा लागेपनि गठबन्धनका नाममा स्थानीय तहमा जवरजस्ति गठबन्धन गरिनु घातक रहेको नवप्रवेशि पराजुलिको भनाइ छ ।
प्रतिक्रिया राख्नुहोस्