मरन्ठानामा खुल्ला भलिबल प्रतियोगिता सुरु

राम बहादुर बिश्वकर्मा
प्युठान,गौमुखी ग्रामिण बिकास सस्था प्युठान नगरपालिका   ९ मरन्ठानाको आयोजनामा सर्वाधिक पुरस्कार रासिको भलिबल प्रतियोगिता आज एक भव्य समारोहका बिच समुद्घाटन भएको छ । प्युठान नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नेहरसीह के सि र प्युठान नगरपालिका वडा नम्बर १० का अध्यक्ष पदम गिररीले आज प्रतियोगिताको उद्घाटन गर्नु भएको हो।

तस्बिर:खुल्ला भलिबल प्रतियोगिताको उद्घाटन गर्दै प्युठान नगरपालिका वडा नम्बर ९ का अध्यक्ष नेहर सिह के सि


नेपालीहरुको माहान चाड बडा बिजयादशमी तथा शुभ दीपावलीको अवसर पारि आयोजक सस्थाले बाल बिध्या माध्यमिक विद्यालयको प्राङ्गणमा उक्त प्रतियोगिताको आयोजना गरिएको बताइएको छ।
‘राष्ट्रका लागि खेलकुद,स्वास्थ्यका लागि खेलकुद’ भन्ने मूल नाराका साथ आयोजना गरिएको खुल्ला भलिबल प्रतियोगिता सन्चालनका लागि प्युठान नगरपालिका वडा नम्बर ९ र १०, जिल्ला विभिन्न पालिका,स्थानीय ब्यबसायी,समाजसेबी लगायतको आर्थिक सहयोगमा सूरु भएको प्रतियोगितामा बिभीन्न क्षेत्रका ६ वटा समुह दर्ता भएको आयोजक सस्थाका सचिब दिपेन्द्र बिष्टले जानकारी दिनुभयो। 
समुद्घाटन कार्यक्रममा बोल्दै बुद्धि जिबि बिकास के सि ले खेलले मानिसलाई स्वस्थ र निरोगी रहन मदत गर्ने बताउदै आजको समयमा धेरै मानिसहरु विभिन्न रोगबाट ग्रसित भएको हुदा खेलले शरिरलाई व्यायाम पुग्ने र सरीर स्वस्थ हुने बताउनु भयो ।

तस्बिर: मन्तब्य राख्दै बुद्धिजिबि बिकास के सि

एउटा स्वस्थ व्यक्तिले राष्ट् निमार्णमा योगदान पुर्याउने बताउनु भयो।स्वस्थ हुनलाई खेलकुद नै खेल्नुपर्ने बताउदै के सि ले खेलले मानिसलाई कुलत र दुरव्यसनिमा लाग्नबाट बचाउने पनि बताउनुभयो।
प्रतियोगितामा भलिबलका क्षत्रीय रेफ्रीद्घय शम्सेर के सि र बल बहादुर के सि लाई अंपायरको जिम्मेवारी तोकिएको छ ।
प्रतियोगिताबाट प्रथम हुने समुहले नगद रु ५१ हजार, मेडल,शिल्ड र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले जनाएको छ । यस्तै प्रतियोगितामा दृतीय स्थान हासील गर्ने समुहले २१ हजार रुपैयाँ मेडल ,शिल्ड र प्रमाणपत्र र तृतीय स्थान हासील गर्ने समुहलाई ११ हजार रुपैयाँ नगद मेडल,शिल्ड र प्रमाणपत्र प्रदान गरिने छ ।