राम बहादुर बिश्वकर्मा
प्युठान,प्यूठान जिल्लाको बिजुवारमा रहेको निमतारा पोलिक्लिनिकले स्वास्थ्य सेवा सुरु गरेको तीन वर्ष पुगेको अवसरमा नयाँ सेवा विस्तार गरेको छ।क्लिनिकले स्थानीय बासिन्दाको आवश्यकता र स्वास्थ्य पहुँचलाई ध्यानमा राख्दै अब डेन्टल र आँखा उपचार जस्ता विशेष सेवा पनि थपेको हो। नयाँ सेवा थपिँदा क्लिनिकको भूमिका अझ सशक्त हुने अपेक्षा गरिएको छ।
तीन वर्षअघि स्थापना भई छोटो समयमै स्थानीय समुदायको विश्वास जित्दै गुणस्तरीय सेवा पुर्याउँदै आएको उक्त पोलिक्लिनिकले डेन्टल (दाँत सम्बन्धी) र आँखा उपचार सेवा औपचारिक रूपमा सञ्चालनमा आए सङ्गै अब एकै ठाँउ बाट सम्पुर्ण स्वस्थ्य सेवा उपलब्ध हुनेछन्।
यसअघि पोलिक्लिनिकले नियमित रूपमा सर्वसुलभ स्वास्थ्य सेवा प्रदान गर्दै आएको थियो।जसमा सामान्य चिकित्सा,स्त्री तथा बाल रोग,ल्याब परीक्षण लगायतका सेवा दिँदै आएको थियो।
अब थपिएको नयाँ सेवा सुविधाले प्युठान जिल्ला तथा आसपासका जिल्ला बासिन्दालाई ठूलो राहत पुग्ने छ।
डेन्टल सेवा अन्तर्गत अनुभवी (MDS/BDS) दन्त चिकित्सकहरूबाट उपचार,दन्त रोग पहिचान तथा परिक्षण (Diagnosis and Examination of Dental diseses),गिजा सम्बन्धी सम्पूर्ण उपचार (Scaling and Gum Treatment),दाँत भर्ने तथा जराको उपचार (Fillings and RCT),दाँत निकाल्ने तथा मुखको शल्यक्रिया (Extraction and Treatment),बच्चाको दाँतको सम्पूर्ण उपचार (Pedodontic Treatment), दाँतमा खोल राखिने (Zirconla, Emax, Gold,Procelin, Metal Crown),दाँतमा Bleaching (दाँत टल्काउने),अस्थायी सजिलै निकाल्न तथा राख्न मिल्ने दाँतहरू लगाउने(CD,RPD,Night Guard),बाङ्गोटिङ्गी दाँत मिलाउने (Orthodontic Treatment)जस्ता सेवा उपलब्ध गराइनेछ।
त्यस्तै आँखा उपचारतर्फ चस्मा जाँच,आँखाको सामान्य संक्रमण, दृष्टि परीक्षण,मोतियाबिन्दुको प्रारम्भिक परीक्षण लगायत सेवा उपलब्ध हुनेछ।
स्थानीय बासिन्दाहरूले यसअघि यस्ता सेवाका लागि दात र आँखा उपचारका लागि अन्यत्र जानुपर्ने अवस्था थियो। अब सेवा गाउँमै सुलभ रूपमा पाउने भएपछि बिरामी तथा स्थानियहरू खुसी देखिएका छन्।
पोलिक्लिनिकका सञ्चालक डा. सुवास जिसीले बताए अनुसार,"स्थानीय बासिन्दाको निरन्तर साथ र विश्वासकै कारण हामी तीन वर्षको सफल यात्रा पार गर्न सफल भएका छौं। अब हामी डेन्टल र आँखा उपचार सेवा सुरु गर्दैछौं,जसका लागि विशेषज्ञ चिकित्सकहरूको टोली परिचालन गरिएको छ।"
त्यस्तै अर्का निमतारा पोलिक्लिनिकका सन्चालक डाक्टर प्रकाश जि सि ले बताए अनुसार,“हामीले समुदायको आवश्यकता अनुसार सेवा विस्तार गरेका हौं।जिल्लामै गुणस्तरीय सेवा उपलब्ध गराउनु नै हाम्रो मूल लक्ष्य हो।"
प्रतिक्रिया राख्नुहोस्