इलाम – इलाम जिल्ला इलाम नगरपालिका–१ साखेजुङमा भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । भने दुईजना घाइते भएका छन् ।
साँखेजुङमा रहेको सीटीईभीटीई कलेज नजिकै स्थानीयस्तरमा निर्माणका सामाग्री ढुवानी गर्न प्रयोग गरिँदै आएको मे १ त ४१०३ नम्बरको ट्र्याक्टर दुर्घटना भएको हो ।
शनिबार दिउँसो भएको दुर्घटनामा इलाम नगरपालिका–१ साँखेजुङ निवासी योगेश मगरको इलाम अस्पताल लैजादैँ गर्दा बाटोमा नै मृत्यु भएको साँखेजुङ–१ का वडाअध्यक्ष अम्बिका गौतमले पुष्टि गरे । दुर्घटनामा इलाम– १ साँखेजुङका आकाश राई र ठेगाना नखुलेका निमा शेर्पा घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको र इलाम अस्पतालमा उपचार भइरहेको वडाअध्यक्ष गौतमले जानकारी दिए ।
Tags :
सम्बन्धित खवर
भुकम्पले ढलेको त्यो दरबारका हेरालुको कथा
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्