‘सहकारी’ नीति,विधि र प्रविधिमा चलाउन वक्ताको सुझाव

सीता बि.क
प्युठान,नेपालको पहिलो सहकारीको रूपमा बखानपुर ऋण सहकारीको स्थापना भएको दिनको स्मरणस्वरूप हरेक वर्षको चैत २० गतेलाई नेपालमा राष्ट्रिय सहकारी दिवसको रूपमा मनाउने प्रचलन रहँदै आएको छ।राष्ट्रिय सहकारी दिवसका माध्यमबाट समस्त सहकारीकर्मीहरुलाई ऐक्यबद्ध गराउँदै र आम जनसमुदायमा सहकारीका बारेमा जनचेतना अभिवृद्धि गराउने,सरोकारवाला निकाय तथा राज्यलाई सहकारीको महत्वको बारेमा थप जानकारी र उनीहरुको भूमिका आत्मबोध गराउँदै अझ बढी जिम्मेवार ढंगले अगाडी बढ्नका लागि सहयोग पुग्ने अपेक्षा गर्न थालिएको ६८ वर्ष पुगेको छ।
यसैबीच बुधबार सरुमारानी गाउँपालिकाले पहिलो पटक ६८ औं सहकारी दिवस मनाएको हो।
बडा नम्बर २ दर्भान बाट र्याली निकाली साना किसान सहकारीको सभाहलमा सकिएको हो।
र्‍यालीमा सरुमारानीमा क्रियाशील सहकारीहरुले आ-आफ्नो ड्रेस सहित सहभागिता जनाएका थिए ।गाउँपालिका स्तरीय सहकारी संघको आयोजनामा  अध्यक्ष छन्द बहादुर के.सि को  अध्यक्षता तथा संविधान शभा सदस्य धन बहादुर रायमाझीको प्रमुख आतिथ्यता,पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माको बिशिस्ट आतिथ्यमा सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधान शभा सदस्य धन बहादुर रायमाझीले तथा सहकारीले निति सिद्धान्त अनुसार कामहरु गर्नु पर्ने बताउदै केही सहकारीले नराम्रो काम गरेमा त्यसले सिंगो सहकारी क्षेत्रलाई असर पर्ने भएकाले सबै सहकारीहरुलाई राम्रो सदस्यमैत्री काम गर्न अनुरोध गर्नुभयो। पालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले सहकारी सदस्यले सदस्यको लागी सदस्यद्धारा चलाइने सामुहिक साझा व्यवसाय भएकाले आ-आफ्नो सहकारी अनुगमन र नियमन आफैले गर्नुपर्ने बताउनुभयो ।
नीति,बिधि र प्रबिधि लाई ख्याल गरि सहकारी सस्था सन्चालन गर्न आग्रह गर्दै स्थानीय तहले सहकारीको  विकास गर्न कुनै पनि कसुर बाकी नराख्ने प्रतिबद्धता समेत ब्यक्त गर्नु भयो।सहकारी बाट राष्ट्र निर्माणमा ठुलो सहयोग पुग्ने बताउदै अध्यक्ष बिश्वकर्माले सहकारीको मुल्य मान्यता विपरित कार्य गर्न छुट कसैलाई नभएको बताउनुभयो।राज्यले तीन खम्बे अर्थ नीतिको रुपमा सहकारीलाई एक खम्बाको रुपमा लिएको उदृत गर्दै सहकारी मार्फत पालिका मार्फत सदस्यलाई विभिन्न उत्पादनशील क्षेत्र,प्रवर्धन क्षेत्र र बजारिकरण क्षेत्रमा  काम गरेको बताउनुभयो। 
उहाँका अनुसार अहिले सहकारी मुमेन्टमा जुन ढङ्गले अघि बढेको अवस्थामा केही न केही समस्या सहकारी क्षेत्रमा रहेता पनि ती समस्यालाई पनि निराकरण गर्दै हामीले अघि बढ्नुपर्छ भन्ने ढङ्गले सहकारी दिवस मनाइएको हो।
त्यस्तै सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष चिन्त सोमै मगरले समाजमा जातीय,लैंगिक,भौगोलिक लगायत बहुआयामिक असमानता रहने र तिनलाई न्यूनीकरण गर्नमा सहकारी एक उपयुक्त औजार भएको बताउनुभयो।पालिका प्रवक्ता समेत रहेका सोमै मगरका अनुसार सशक्तिकरणको मुद्दालाई सम्बोधन गर्दै उपलब्धीमूलक बनाउनका लागि समुदायमा पछि परेका र पारिएकाहरुलाई संगठित गरेर मात्र सम्भव हुन्छ भन्ने अभियानका साथ सहकारीका माध्यमबाट उत्पादन,प्रशोधन र सामुदायिक गतिविधिमा सबलीकरणका साथै आयआर्जन, गरीबी निवारणका लागि समेत सशक्त माध्यम बन्न सक्ने सामार्थ्य राख्छ सहकारीले भन्ने बुझ्न जरुरी छ ।
लामो समय सहकारी सस्थाको सन्चालक भई काम गरेको अनुभव सुनाउदै उहाँले सदस्य केन्द्रीत र समूदाय प्रति चासो राखेर सहकारीले आर्थिक कारोबारको काम गरिरहेको भएपनी पछिल्लो समय सहकारीले गरेको लगानी उत्पादनमा नभई अनुत्पादक क्षेत्रमा भइरहेकाले सहकारी ऎनलाई पालन गरि ऋण उपलब्ध गराउदै,प्रविधी मैत्री भई लगानी गर्न सहकारी सन्चालकलाई आग्रह गर्नुभयो। 
त्यसैगरी कार्यक्रममा बोल्दै पालिका स्तरीय सहकारी संका अध्यक्ष छन्द बहादुर के सि ले सरुमारानी गाउँपालिकामा भएका सहकारीहरुलाई सहि दिशामा लैजान आफु कुनै कसर बाँकी नराख्ने बताउनुभयो। सहकारी दिवशको अवसरमा सयौंको संख्यामा उपस्थितिले सहकारीमा क्रियाशीलताको राम्रो प्रमाण भएको बताउदै अध्यक्ष के.सि ले पछिल्लो समय देखा परेको आर्थिक मन्दीले अन्य बित्तीय संस्थाहरुलाई असर गरे पनि अन्य वित्तीय संस्थाहरुमा जस्तो सहकारीमा असहज अवस्था नरहेको बताउनुभयो ।
सरुमारानी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष नर बहादुर घर्तीले सहकारीले राम्रो कामहरु पनि गरिरहेका छन् केही सहकारीले नराम्रो काम गरि हाले भने पनि सिंगो सहकारी क्षेत्रलाई असर पुग्ने भएकाले राम्रो कामतर्फ सबै लाग्नु पर्ने बताउनुभयो। 
संघका सस्थापक अध्यक्ष टंक जि सि ले सहकारीले विषेशत गरिबी निवारणको काम गरेर राज्यलाई सहयोग गरिरहेको अवस्थामा सहकारीको दिगोपन र स्वनियमनमा बसेर सुशासनमा रहि काम गर्दा सहकारी क्षेत्रले विकास गति लिने बताउनुभयो।  सहकारी संघका उपाध्यक्ष शान्तराज आचार्य को  स्वागत मन्तब्यबाट सुरु भएको सकार्यक्रमको सन्चालन सचिब कुलदिप जि.सि ले गर्नुभएको थियो।