सीता बि.क
प्युठान,६ दिन अघि कटेरोमा भेटिएकि नवजात शिशुको बाबुआमा हकदाबीका लागि प्युठान नगरपालिकाले सबैमा खुल्ला आह्वान गरेको छ।
नगरपालिकाले सोमबार सूचना जारी गर्दै नवजात शिशु(छोरी)को बाबुआमा हकदाबी का लागि १५ दिनभित्र सूचीकृत हुन आउन आग्रह गरेको छ। यहि माघ १७ गते बिहान ६:४० को समयमा प्युठान नगरपालिका–४ स्थित होटेल आयुस्मा तर्फ जाने कच्ची भित्री सडक किनारामा स्थानीय छाँया भण्डारीको बाख्रा बाध्ने कटेरोमुनी बोराको डाडिमा सालनाल सहितको शिशु बेवारिसे अवस्थामा फेला परेको थियो । स्थानीयले देखेपछि प्रहरी लाई खबर गरेपछि प्रहरी टोलीले शिशुलाई उद्धार गरी जिल्ला अस्पताल प्युठानमा लगेको थियो।
प्युठान नगरपालिकाको स्थानीय बाल अधिकार समितिको बैठकले बालबालिका सम्बन्धी बालबालिका सम्बन्धी ऐन २०७५ को दफा र नियमावली २०७८ को नियम बमोजिम बेसहरा बालिकाको संरक्षणका पक्रिया सुरु गरिएको प्रमुख प्रशासकीय अधिकृत भण्डारीले बताउनुभयो।
सम्बन्धित खवर
नौबहिनी गाउँपालिकाको भवन निर्माण सुरु
देउखुरी क्याम्पसमा वर्कसप सेमिनार सम्पन्न
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्