सिता बि.क
प्युठान,दलित सशक्तिकरण र दलितका सवालमा अभिमुखिकरण कार्यक्रम गरिएको छ।
सरुमारानी गाउँपालिका प्युठानको वार्षिक कार्यक्रम बमोजिम दलित लक्षित कार्यक्रम अन्तर्गत उक्त कार्यक्रम सम्पन्न गरिएको हाे।
समाजमा समानता,न्याय र समावेशीताको आधारशिला बनाउन मद्दत पुग्ने,अभिमुखिकरणले दलित समुदायका अधिकार, अवसर र समस्याहरूलाई उजागर गर्दै उनीहरूको जीवनस्तर सुधार गर्ने उद्देश्यले कार्यक्रम गरिएकाे पालिकाले जनाएको छ।
कार्यक्रममा राष्ट्रिय दलित आयोगका अध्यक्ष देबराज विश्वकर्माले सामाजिक,आर्थिक,राजनीतिक र शैक्षिक क्षेत्रहरूमा दलित समुदायलाई सशक्त बनाउनु आजको आवश्यक्ता रहेको बताउनुभयो।
दलित ससक्तिकरणको सवालमा पालिकाले अत्यन्तै ऐतिहासिक कार्यक्रम सन्चालन गरेको बताउदै यस कार्यक्रमले दलितहरूको आत्मनिर्भरता,आत्मसम्मान र अधिकार सुनिश्चित गर्न मद्दत पुग्ने बताउनुभयो।
समाजको विविधतालाई स्वीकार गरेर संविधानको मर्मअनुसार विविध समुदायको भावना तथा आवश्यकताअनुसार दलित अधिकार संरक्षण गर्ने नीति तथा कार्यक्रम प्रभावकारी रूपमा लागू गर्न,दलित बालबालिकालाई शिक्षामा प्राथमिकता दिन विशेष छात्रवृत्ति र योजना ल्याउन ऐन लाई कार्यन्वयन गर्न पालिकालाई अध्यक्ष बिश्वकर्माको सुझाव छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माले समाजमा जातव्यवस्था सुरु भएयता दलित समुदायले कहिल्यै चैन नपाएको बताउनुभयो।
परिवर्तनका हरेक आन्दोलनमा उनीहरू बलि चढ्छन् तर त्यसको प्रतिफल पाउन सकेका छैनन् । उहाँले भन्नुभयो।"दलित समुदायप्रति अपहेलना,विभेद र वञ्चितीकरण आजसम्म पनि ज्युँका त्युँ छन्।"
पालिकाले दलितका हक अधिकार सुनिश्चित गराउने उद्देश्यले पालिका बाट दलित ऐन जारी गरिएको जानकारी गराउदै अध्यक्ष बिश्वकर्माले शिक्षाको अभावले अझै पनि विभेदका पर्खालहरू भत्किन नसकेको बताउदै दलित समुदायका सदस्यहरूको लागि गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न, रोजगारी,उद्यमशीलता र आर्थिक स्वतन्त्रताका लागि कार्यक्रमहरू लागू गर्न राजनीतिक नेतृत्व र निर्णय प्रक्रियामा दलित समुदायको सहभागीता बढाउन, छुवाछूत, भेदभाव र हिंसाको अन्त्य गर्दै समानताको वातावरण सिर्जना गर्नु अबको आवश्यक्ता रहेको औल्याउनुभयो।
कार्यक्रममा अधिवक्ता ओम प्रकाश सुनार र कानुन अनुसन्धान कर्ता सुरेस सुनारले प्रस्तुतिकरण गर्नुभएको थियो।
सो अवसरमा कक्षा ४ देखी १० कक्षासम्म अध्ययन गर्ने १९ जना सर्बोत्कृष्ठ अन्क ल्याउने दलित छात्र छात्रालाई नगद ४ हजार सहित प्रमाण पत्र प्रदान गरिएको थियोे।
पुरस्कार प्राप्त गर्नेहरुमा वर्षा परियार सरस्वती मा. वि. बागेसाल, शान्ती परियार - खड्ग नेरा.प्रावि झिलिबाङ्ग, सुमीत सुनार - खडकेश्वरी मा. वि. दर्शन,शिवानी सुनार - सत्य मा.वि ददेरी,परि.वि.क. - बाल विकास मा.वि. गनाहा,प्रकृति वि.क. सरस्वती मा वि चाभा, विजय परियार- ने.रा. आ.वि.स हंसपूर,आरोही वि क बाल कल्याण प्रा वि सजिकोट,लक्ष्मी नेपाली सुर्बोदय ने रा. ढाव,कृष्ण बहादुर वि क जनता मा.वि बड्डाडा,किस्मत बि.क भिमसेन मा बि जस्पुर,सनम नेपाली कालिका प्रा.वि. सिरवारी,सृष्टि परियार श्री श्रेरा. प्रा.वि. पाखापानी,ऐन बहादुर कामी श्रमरानी मा. वि. बुढिचौर, देवराज पुन (विटाल) ऐश्वर्य प्रा. वि. भिङ्रीखोला,सन्दिय वि क. भूवनेश्वरी प्रा. वि. पाङ्वाङ,शर्मिला सुनार ऐरावती इमि स्कूल,जिवन सुनार -बागेसाल गौमुखी इमि स्कुल र रिदम सुनार स्वर्गद्वारी इमी स्कूल रहेका छन।

यस्तै सरुमारानी गाउँ गाउँपालिका अध्यक्ष झग बहादुर बिश्वकर्माको को अध्यक्षतामा भएको कार्यक्रममा पालिका उपाध्यक्ष बसन्ता खड्का,सरुमारानी गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष तथा गाउँपालिका प्रबक्ता चिन्त सोमै,प्रमुख प्रशासकीय अधिकृत तिल बिक्रम खड्का,नेपाल दलित संघका केन्द्रिय सदस्य गोपाल बिश्वकर्मा,दलित मुक्ति मोर्चा प्युठानका संयोजक केशब बिश्वकर्मा लगायतले मन्तब्य राख्नुभएको थियो। 


कार्यपालिका सदस्य पुर्खसिह सुनारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सीता बि.क ले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्