राम बहादुर बिश्वकर्मा
प्युठान,पशुपतिनगर टोल बिकास सस्थाले आयोजना गरेको भलिबल प्रतियोगिता सम्पन्न भएको छ।
संस्थालाइ सक्रिय बनाई राख्न साथै सबै सङ्ग भाइचारा र सद्भाव कायम राख्न पशुपतिनगर टोल विकास संस्था प्युठान नगरपालिका-२ स्थित आफ्नै खेल मैदानमा प्रतियोगीताको आयोजना गरेको हो।
बिहिबार सम्पन्न प्रतियोगिताको फाइनल खेलमा आयोजक पशुपतिनगर टोल विकास संस्थाको टिमले उपाधि हात पारेको छ।
फाइनल खेल पशुपतिनगर टोल विकास संस्था र के वि जि युवा क्लब खवाङको बीचमा भएको थियो। प्रतिस्पर्धि टिम युवा क्लब लाई पराजित गर्दै पशुपति नगर टोल बिकास सस्थाले उपाधि जितेको हो। के वि जि युवा क्लब खाबाङ का खेलाडी विरत पुन मगर प्रतियोगिताका उत्कृष्ट खेलाडी घोषित भए। प्रतियोगितामा १२ वटा टिमको सहभागीता रहेको थियो।
विजयी टिम र खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथि प्युठान नगरपालिकाका नगर उपप्रमुख देबेन्द्र वर्माले बिजयी टिमलाई पुरष्कृत गर्नुभयो। उहाँले प्रथम बिजेता पशुपति टोल बिकास सस्थालाई नगद २० हजार प्रमाण पत्र र मेडल,द्वितीय के.वि .जि युवा क्लब खबाङ लाई १५ हजार मेडल र प्रमाणपत्र, तृतीय बिजुली युवा क्लब ,बिजुली लाई १० हजार मेडल र प्रमाणपत्र र उत्कृष्ट खेलाडी विरत पुन मगर लाई १ हजार प्रमाणपत्र प्रदान गर्नुभयो।
बिजेता खेलाडी लाई बधाई दिदै कार्यक्रमका प्रमुख अतिथी प्युठान नगरपालिकाका नगर उप प्रमुख देवेन्द्र वर्माले स्थापना कालमै पशुपति नगर टोल बिकास सस्थाले गरेको रचनात्मक तथा प्रशंसा योग्य कार्य गरेको भन्दै सस्था सङ्ग सधै हातेमालो गरि अगाडी बढ्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
त्यस्तै कार्यक्रमको समापन गर्दै आयोजक सस्थाका अध्यक्ष मुक्ति प्रसाद शर्माले जिल्लाको खेल क्षेत्रलाई थप विकास गर्न र नयाँ खेलाडीहरु उत्पादन गर्ने कार्यमा सहयोग पुर्याउन आफुहरुले प्रतियोगिता आयोजना गरेको बताउनुभयो।यसै बर्ष स्थापना गरिएको सस्थाको मूल उद्देश्य युवा सशक्तिकरणका क्षेत्रमा काम गर्ने रहेको पनि उहाँले जानकारी दिनुभयो।
कार्यक्रम सफल बनाउन विभिन्न क्षेत्रबाट प्रत्यक्ष-अप्रत्यक्षरुपमा सहयोग गर्नुहुने सबैप्रति उहाँले कृतज्ञता प्रकट गर्नुभयो।आगामी दिनमा सबैको साथ सहयोग र सुझावलाई ग्रहण गर्दै रचनात्मक कार्य गर्नका लागि सस्था सँधै प्रतिवद्ध रहने पनि उहाँले विश्वास ब्यक्त गर्नुभयो।
प्रतिक्रिया राख्नुहोस्