नागबेली कृषि सहकारी संस्थाको छैटौं साधारण सभा सम्पन्न : थोक बजार ब्यबस्थित गर्ने प्रस्तावित योजना

नागबेली कृषि सहकारी संस्थाको छैटौं साधारण सभा सम्पन्न : थोक बजार ब्यबस्थित गर्ने प्रस्तावित योजना

राम बहादुर बिश्वकर्मा
प्युठान,प्युठान नगरपालिका वडा नम्बर ३ मा रहेको नागबेली  बहुउद्देश्य कृषि सहकारी संस्था लिमिटेडको छैटौं साधारण सभा सम्पन्न भएको छ। 
हाम्रो उत्पादन हाम्रो बजार उत्पादन सुनिश्चितताका लागि थोक बजार भन्ने मुल नाराका साथ उक्त क्षेत्रमा स्थापना भएको सहकारीले स्थापनाको छोटो समयमै कृषि उत्पादन केन्द्रित कार्य गर्न सफल भएको छ।

शेयर सदस्यहरुमा कृषि र उद्यमशिलतालाई प्राथमिकता दिदै आइरहेको संस्थाले ६ करोड १८ लाख २१ हजार १५५ रुपैया बराबरको आर्थिक कारोवार गर्न सफल भएको छ। संस्थाको बार्षिक प्रतिबेदन प्रस्तुत गर्दै संस्थाका सचिब दिपेन्द्र कुमार श्रेष्ठले   संस्थामा ५५३ जना  शेयर सदस्य रहेको र १ करोड ३४ लाख ७२ हजार रुपैया शेयर पूँजी रहेको जानकारी दनुि भयो।आगामी बर्षका कार्ययोजना प्रस्तुत गर्दै संस्थाका सचिब श्रेष्ठले शेयर सदस्यमा बृद्धि गर्ने,सस्थाको कार्यक्षेत्र बिस्तार तथा एकिकरण गर्ने,थोक बजार ब्यबस्थित गर्ने,कृषि पशुपालन तथा व्यबसाय सम्बन्धि तालिमको व्यबस्थागरी सेयर सदस्यहरुलाई उद्यमशिलता तर्फ उन्मुख बनाउदै लैजाने बताउनु भयो। साधारणसभालाई सम्बोधन गर्दै प्युठान नगरपालिकाका नगर प्रमुख बिष्णु योगिले सहकारीको आधारभूत मान्यतालाई कार्यान्वन गर्दै अघि बढ्न सके देशको आर्थिक उन्नतिमा योगदान पुग्ने बताउनुभयो। शिक्षा,स्वास्थ्य तथा सामाजिक गतिविधिमा सहकारीको भुमिका रहने बताउनुभयो । 
देशको आर्थिक समृद्धि व्यबसायिक र आधुनिकरण खेती प्रणालीको बिकास गर्नु पर्ने आजको अवस्यकता भएकोले राज्यको तिनै तहका सरकारहरुबाट जनताको जिवनस्तरमा बृद्धि गर्न हरेक किसानहरुलाई आधुनिकीकरण तर्फ डोर्याउनु पर्ने उहाँको जोड थियो। सहकारीकर्मिले आफ्नो व्यबहार र चरीत्र परिबर्तन नगरेसम्म सहकारी परिबर्तन हुन सक्दैन नगर प्रमुख योगि ले भन्नुभयो -"सहकारीको माध्यम बाट समाजका मुल्य मान्यता र सभ्यतालाई ख्याल गर्दै  समाज परिबर्तन गर्न सकिन्छ ।"प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख चुमान गिरीले विश्वका सबै देशहरूले सहकारीमार्फत नै देशको विकास हुन्छ भन्ने मान्यता विकास गरेको भन्दै आर्थिक दृष्टिकोणले स्ववलम्बन बनाउने, सहकारीमार्फत जनसहभागिता र सहकारी ब्यवसायका रूपमा रहेकोले सरकारले यसका लागि योजना अघि बढाउनुपर्ने बताउनुभयो।नागबेलीको राम्रो प्रतिवेदन तयार भएको भन्दै सदस्य संस्था, कारोबारको हिसाब र वित्तीय विवरण प्रभावकारी देखिएको बताउनुभयो।
सहकारी मार्फत शेयर सदस्यहरुलाई उद्यमशिलता तर्फ आकर्षित गर्न सके शेयर सदस्यहरु स्वरोजगार बन्ने र उनिहरुको आर्थिक स्तर पनि विस्तारै बढ्दै जानेमा बिश्वास ब्यक्त गर्नु भएको थियो। योजनाबद्ध र शेयर सदस्यहरुको सेवामा आधारित वित्तिय सेवा प्रदान गर्न सके सहकारीको अर्थ र महत्व हरेक सदस्यहरुमा पुग्ने उहाँको भनाई छ।सहकारी वित्तिय मात्र नभई सामाजिक कार्यहरूमा समेत अग्रसर रहेको देखिएको बताइएको छ।

जिल्ला सहकारी संघका अध्यक्ष सुशील पोख्रेलले देशको आर्थिक विकासमा सरकारबाट तीन खम्बे अर्थनीति अघि बढाएर कार्यान्वय भएको वर्तमान अवस्थामा सहकारी क्षेत्रको महत्व बारेमा प्रकाश पार्नुभएको थियो।सहकारीको माध्यमबाट उद्यमशिलता विकास हुने भन्दै उहाले अब सबै सहकारीको ध्यान उद्यमशिलता बिकास तर्फ हुनुपर्छ -" पोख्रेलले भन्नुभयो जिल्ला भित्र रहेका सहकारीहरूमार्फत युवा रोजगार र उद्यमशिल कार्यक्रमहरूलाई अगाडि बढाउन स्थानीय तहले ध्यान दिन आबश्यक छ।"

प्युठान नगरपालिकाका नगर प्रबक्ता तथा वडा नम्बर ३ का वडा अध्यक्ष सुमन श्रेष्ठले कृषि कार्य सम्मानजनक र आत्मसन्तुष्ठीको पेशा भएकाले समयको माग र विकासका पुर्वाधार भएकाले यसले स्थानिय स्तरका स्वरोजगार सृजना गर्न सहयोग पुर्याउने विचार राख्नुभएको थियो।सहकारीको माध्यमबाट उद्यमशिलता विकास हुने भन्दै उहाले नगरभित्र रहेका सहकारीहरूमार्फत युवा रोजगार र उद्यमशिल कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर अघि बढाएको दाबी गर्नुभयो।पतन्जली योग केन्द्रका लुम्बिनी प्रदेशका अध्यक्ष ओमहरी भट्टराईले सहकारीको ब्यबस्थित र प्रभावकारिताका लागि सबैको सहकार्यको आबश्यक हुने बताउनुभयो ।
यसैबीच साधारणसभाको अबसरमा जेष्ठ सदस्य,उत्कृष्ट कृषक र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारी लाई खादा लगाई प्रमाणपत्रले सम्मान गरिएको थियो।
सस्थाका अध्यक्ष बिष्णु पाण्डेको अध्यक्षता उपाध्यक्ष सरस्वती भण्डारीको स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा सस्थाका कोषाध्यक्ष रुपा बेल्बासे ले आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रमको सन्चालन बाला खड्काले गर्नुभएको थियो।