राम बहादुर बिश्वकर्मा
"समुदायको नेतृत्वमा एड्स अन्त्य गरौं" भन्ने नारासहित ३६औं विश्व एड्स दिवस शुक्रबार प्युठानमा पनि मनाइएको छ।
मल्लरानी ग्रामीण सरोकार केन्द्र र प्युठान प्ल्स को सहयोग र जिल्ला अस्पताल प्युठानको आयोजनामा जिल्ला अस्पताल प्युठानको प्राङ्गणमा दीप प्रज्वलन गरि कार्यक्रम सम्पन्न भएको हो।
एड्सका कारण दिवङ्गत भएकाहरुप्रति श्रद्धाञ्जली अभिव्यक्ति गर्न र एचआइभि संक्रमण विरुद्ध जनचेतना सिर्जना गर्ने उद्देश्यले दीप प्रज्वजलन गरिएको मल्लरानी सरोकार केन्द्रका कार्यकारी निर्देशक बिजय श्रेष्ठले बताउनुभयो ।
कार्यक्रममा जिल्ला अस्पताल प्युठानका स्वास्थ्यकर्मी,सहयोगी सस्थाका कर्मचारी सन्चारकर्मी र कर्मचारी लगायतको सहभागिता रहेको थियो।
तस्बिर : एचआइभीबाट दिवङ्गत भएकाहरुको सम्झनामा शुक्रबार साँझ जिल्ला अस्पतालमा दीप प्रज्वलन
जिल्ला अस्पताल प्युठानका प्रमुख हेमराज पाण्डेको अध्यक्षता लुम्बिनी प्रदेश सभासद धन लक्ष्मी श्रेष्ठको प्रमुख आतिथ्यतामा दिप प्रज्वलन गरिएको थियो।
संक्रमितहरुको जीवनस्तर तथा सामजिक आर्थिक स्थितिलाई भने ध्यान दिनुपर्ने,समाजमा प्रत्यक्ष अप्रत्यक्ष रुपमा कुनै न कुनै किसिमको लान्छना तथा भेदभाव रहिरहेको,समाजमा लुकेर रहेको लान्छना तथा भेदभावलाई हटाउन सकेमा धेरै कुरालाई सहयोग, शारिरिक रुपमा मात्र नभइ मानसिक रुपमा पनि पर्न जाने असर न्युनिकरण गरी एचआइभीसँग सम्वन्धित मृत्युुलाई घटाउन कुरामा वक्ताहरुले जोड दिएका थिए।
यसैबीच एचआईभी बारे जनतालाई सेवा प्रदान गर्ने जिल्ला अस्पताल प्युठानका अनमी गोमा श्रेष्ठ,सोलहाल्ना स्वास्थ्यचौकी प्रमुख तिलकराम जोशी,प्युठान पल्स का अध्यक्ष सुर्य बहादुर रोकालाई उत्कृष्ट कर्मचारीको रूपमा सम्मान पत्र प्रदान गरिएको थियो।
हरेक वर्ष डिसेम्वर १ तारिखका दिन विश्वभर विभिन्न कार्यक्रमहरु गरी विश्व एड्स दिवस मनाइन्छ।
एचआइभी एड्स सम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै बृहत रुपमा जनचेतना जगाउने र भावी कार्यक्रममा बहुपक्षीय संलग्नता र सहभागिता बढाउने अभिप्रायले सन् १९८८ देखि विश्व एड्स दिवस मनाउन थालिएको हो।
प्रतिक्रिया राख्नुहोस्