प्युठान,प्युठानमा सम्पन्न भित्रिको दौड प्रतियोगितामा बझाङका करण रावल प्रथम भएका छन्।भित्रीकोट दौड तथा सास्कृतिक कार्यक्रममा रावल प्रथम भएका हुन्।
द्वितीय र तृतीय नौबहिनी गाउँपालिका १ स्याउलीबाङ्गका एकै घरका दुई दाजुभाई क्रमशःरेम बुढा र दामोदर बुढा भएका छ्न। त्यस्तै सान्त्वना जीवन नेपाली भएका हुन्। प्रथम,दितिय,तृतीय लाई क्रमशः १५ हजार १० हजार र ५ हजार रुपैयाँ पुरस्कार र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ।
७ किलोमीटर प्रतियोगितामा ४३ जना सहभागी रहेको सस्थाका सचीव जानका के सि ले जानकारी दिइन् ।महाअष्टमीको अवसर पारेर ऐतिहासीक स्थलभित्रीकोटसम्म ७ किलोमिटर दौड प्रतियोगिता गत बर्ष देखि थालिएको उक्त दौडलाई यस बर्ष पनि निरन्तरता दिएको हो ।
अहिले दौड प्रतियोगितासंगै स्थानीय कला संस्कृतिको महत्व झल्काउने सोरठी,मारुनी तथा अन्य बिशेषता सहितका नृत्यका साथै दशैं बिशेष साँस्कृतिक कार्यक्रम सन्चालन भईरहेको आयोजकले जनाएको छ।
सम्बन्धित खवर
देउखुरी क्याम्पसमा वर्कसप सेमिनार सम्पन्न
उद्यमी बन्ने प्रयासमा प्युठान नगरपालिकाका महिलाहरु
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्