मल्लरानी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो

मल्लरानी गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतलाई कालोमोसो

प्यूठान,मल्लरानी गाउँपालिका प्यूठानका अध्यक्ष अमंरध्वज राना र प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण थापालाई स्थानीय विप्लव कार्यकर्ताले कालोमोसो दलेर भागेका छन् ।

वडा नम्वर ५ सरङकोटमा रहेको भूमी विकास आधारभूत विद्यालयमा पठनपाठन सम्वन्धी सरोकारवाला निकायहरुबीच छलफल चलिरहेका बेला एक्कासी यूवाहरुको समूहले कालोमोसो दलेर अभद्र व्यवहार गरेको प्रमुख प्रशासकीय अधिकृत थापाले प्रतिक्रिया दिए । ‘हामी विद्यालयमा छलफल गरिरहेका थियौँ’,थापाले भने,‘एक्कासी यूवाहरु आएर मोसो दली अभद्र व्यवहार गरेर भागे ।’ थापाका अनुसार स्थानीय गोपीलाल सुनार, होम बहादुर मल्ल सहितको यूवाको समूहले अभद्र व्यवहार गरेका हुन् । घटनास्थलमा प्रहरी पुगेको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले बताए ।