‘सावधानी अपनाएर मनोबल उच्च राखौं कोरोनालाई सजिलै जितिन्छ': शान्तराज गौतम 

‘सावधानी अपनाएर मनोबल उच्च राखौं कोरोनालाई सजिलै जितिन्छ': शान्तराज गौतम 

कोरोनाको रिपोर्ट आउदाँ सम्म त्यो विचमा मेरो र मम्मीको खानामा ९५ प्रतिशत कटौती भैसकेको थियो । खाना खान पनि मन नलाग्ने नखाउ भने कमजोर भैइन्छ कि भन्ने डर । फलफुलको नाममा त्यै स्याउ पनि उसिनेर खानुपर्ने कुनै स्वाद र गन्ध नभएको रुच्दै नरुच्ने । अझ टाइफाइड भनेर धेरै रोग प्रतिरोधात्मक खानाहरु पुरै कटौती गरिएको थियो । त्यस भन्दा अघिल्लो वर्ष टाइफाइड हुदाँ भएको सम्पुर्ण लक्षणहरु थिए नै थप लक्षणहरुमा जोर्नी दुःख्ने, हल्का पखाला पनि कति–कति वेला लागिहाल्ने, स्वाद र गन्ध थाहा नपाउनुका साथ साथै टाइफाइड औषधी खादाँपनि कुनै सुधार भएको थिएन ।  १६ गते देखि २१ गते सम्म टाइफाइडको औषधी खाए पछि शरीर झन झन शिथिल र कमजोर भैसकेको थियो टाइफाइडले ज्यान लाने भयो भन्ने भएको थियो । त्यस बेला मम्मीको भन्दा मेरो लक्षण बढी र ज्वरो १००.४ देखि १०२ सम्म मलाई थियो दिनमा ५ देखि ६ वटा सम्म पारासिटामोल मैले खाए हुँला ।। असोज २१ गते राती ९ बजे स–परिवार कोरोना पोजिटीभि भएको रिपोर्ट आयो । म सुतेको थिए खवर पाउने वित्तीकै जुरुक्क उठे, कोरोना भन्ने सुनेपछि आधा सञ्चो भएको अनुभुति भयो किनकी कोराना लाग्न दिनु हुदैन थियो तर लागि हाले यस अगाडिको कोरोना उच्च मनोबल र खानपिनले जित्नु पर्छ भन्ने बुझेको थिए । ४ वटा अण्डा उसिनेर खाए संग संगै दुधमा बेसार राखेर खाए, काजु, ओखर, स्याउ नउसिने रै खाए  । त्यस पछि झन झन गाह्रो भयो, घाटी मै खाना रोकिए जस्तो सास फेर्नै गाह्रो, अव बाँचिदैन जस्तो लाग्यो ज्वरो चेक गरे १००.९ मात्रै रहेछ, अक्सीजन चेक गरे ९६ थियो, स्वास्थ्यकर्मी संग परामर्श लिन खोजे रातको रातको १२ बजिसकेको थियो २÷३ ठाउँ फोन गरे कतै फोन उठेन ।  उता कोरोना पोजिटिभको रिपोर्ट आएको सुनाए पछि मम्मी डराउनु भयो ज्वरो र अक्सीजन सामान्य छ तर डरको मात्रा बढ्दै गयो र अन्तिममा एक जना सरले फोन उठाउनु भयो, उहाँले एकैपटक धेरै खानेकुरा नखान, अलिअलि पटकपटक खाइरहन र उच्च मनोबल बनाउन लगाएत धेरै सल्लाह दिनुभयो उहाँको कुरा सुनेपछि फेरी बाचिन्छ कि भनेर आत्मबल जुटाए । भोली पल्ट मम्मी डराउँदै जानुभयो, २÷२ पटक अपरेशन गरेको शरिर उहाँको अक्सीजन घट्दै गयो, खाना खान छोड्नु भयो स्वासप्रस्वासमा समस्या बढ्र्दै गयो मम्मीको लागि हस्पीटल मै भर्ना गर्नु पर्ने भयो । यता म भने खानपिन र आत्मबलमा जोडदिदै गए , स्वास्थ्यकर्मीको परामर्शमा जिंक डिटि २०, भिटामिन सि,डि,ई, एजिथ्रोमासिन, पखाला लागेको हुदाँ जीवनजल, ज्वरो कम गर्न पारासिटामोल, ग्याष्टीक हटाउन प्यानटप लगाएतका औषधी लिए । विहानमा कागती, तुलसीको पात, गुर्जाे,दालचिनी, मरिच, अदुवा, लगाएत जडिबुटीको चिया, खाना धेरै खान नसके पनि खानामा मुंङ र अरहरको दालको झोल, दशैको सिजन थियो दैनिक जसो विहानमा लोकल कुखुरा र खसिको मासु, , दिउँसोमा पटक पटक अलिअलि स्याउ, काजु,बदाम, ओखर, अण्डा चना, साझमा हरियो तरकारी खाना, बेसार दुध, मह र बाफ लिने कार्य गरीयो । स्वास्थ्यकर्मीको नियमित परामर्शमा खानपिन र उच्चआत्मबलले मैले उतिवेला कोरोना जितेको जस्तो लाग्छ । यहाँहरुले पनि स्वास्थ्यकर्मीको परामर्श उच्चमनोबलले कोरोना जित्न सक्नुहुनेछ । सवैको शारीरिक बनावट र रोगसंग लड्ने क्षमता एउटै नभएर फरक–फरक हुन सक्छ । तसर्थ तपाई हाम्रो पहिलो जोड कोरोना भाइरस आफ्नो शरिरमा प्रवेश गर्न नदिनु नै हो तर प्रवेश गरी हालेमा उच्च मनोबलले कोरोनाभाइरसलाई जित्न सकिने हुँदा संक्रमण भइहाले पनि नडराउन, नआत्तिन र सचेतनापूर्वक स्वास्थ्यको ख्याल गर्न स्वास्थ्यकर्मीको परामर्शमा खानपिन, उपचार र उच्चमनोबल बनाएमा कोरोना जितिन्छ ।