राम बहादुर बिश्वकर्मा, प्यूठान । चितवनको चितवन मेडिकल कलेजमा उपचारत प्यूठानका थप एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
जिल्लाको माण्डवी गाउँपालिका वडा नं ३ दारिमचौरका ५४ वर्षिय पुरुषको शुक्रवार राती ११ बजे चितवनमा उपचारका क्रममा मृत्यु भएको माण्डवी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख ध्रुवकुमार पोख्रेलले जानकारी दिनुभयो ।निमुनियाको समस्या भएका पुरुषको वुटवलमा उपचार नभएपछि उपचारका लागि चितवन लगिएको थियो ।
उनलाई कार्तिक १२ गते चितवनमा कोरोना पुष्टि भएको पोख्रेलले बताउनुभयो । योसंगै जिल्लामा कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ३ पुगेको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।
Tags :
सम्बन्धित खवर
आज हरिबोधनी एकादशी, तुलसीको विवाह गरिदै
१ वर्ष अगाडि
मल्लरानीमा पुर्ब बजेटबारे,सरोकारवाला बिच छलफल
११ महिना अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्