राम बहादुर बिश्वकर्मा
प्यूठान । प्यूठानमा कोरोना संक्रमितको संख्या जम्मा ५५ पुगेको छ। आज मंगलबार थप २० जना थपिएसंगै संक्रमितको संख्या ५५ पुगेको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदिले जानकारी दिए। उनका अनुसार संक्रमितमध्ये नौवहिनि गाउँपालिकाका १४ जना, प्यूठान नगरपालिकाका २ जना, स्वर्गद्वारी नगरपालिकाका २ जना र गौमुखीका १ जना छन् । उनिहरु १७ देखि ७३ बर्ष उमेर समुहका छन।
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहिमा मंगलवार गरिएको परिक्षणमा प्यूठानका २० जनामा कोरोना संक्रमण पुष्टि भएको सुबेदीले बताए । संक्रमित मध्ये १९ जना पुरुष र १ जना महिला छन । उनिहरु भारतबाट आएर स्थानीय क्वारेन्टाईनमा बस्दै आएका थिए।
Tags :
सम्बन्धित खवर
सेल्फी खिच्दै मल्लरानीमा 'जिपलाइन' सरर-मनै हरर..
२ वर्ष अगाडि
हजुरबा बने बाबुराम
५ वर्ष अगाडि
प्रतिक्रियाहरू (0)
प्रतिक्रिया राख्नुहोस्
-
८ प्रतिक्रिया
-
१ प्रतिक्रिया
प्रतिक्रिया राख्नुहोस्