शैक्षिक उपलब्धिको उत्सव : लर्निङ्ग हेभन स्कुलमा नतिजा सार्वजनिक

शैक्षिक उपलब्धिको उत्सव : लर्निङ्ग हेभन स्कुलमा नतिजा सार्वजनिक

राम बहादुर बिश्वकर्मा 
प्युठान,शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक गर्दै लर्निङ्ग हेभन एण्ड रिसर्च स्कुल ले फेरि एकपटक आफ्नो शैक्षिक गुणस्तर र विद्यार्थी केन्द्रित शिक्षण प्रणालीलाई उजागर गरेको छ।कक्षा पिजि देखि कक्षा ९ सम्मको नतिजा सार्वजनिक कार्यक्रम केवल औपचारिकता मात्र नभई विद्यालयको वर्षभरको मेहनत,समर्पण र सामूहिक सफलताको उत्सव बनेको थियो।
विद्यालय परिसरमा आयोजित कार्यक्रममा विद्यार्थी,अभिभावक,शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।कार्यक्रमको वातावरण उत्साहपूर्ण थियो,जहाँ सफल विद्यार्थीहरूको खुशीसँगै अन्य विद्यार्थीहरूको सिकाइप्रतिको प्रतिबद्धता पनि स्पष्ट देखिन्थ्यो।विद्यालयले यस वर्ष अधिकांश विद्यार्थीहरूले उत्कृष्ट नतिजा हासिल गरेको जानकारी दिएको छ।कक्षागत रूपमा उत्कृष्ट स्थान हासिल गर्ने विद्यार्थीहरूलाई सम्मानपत्र र पुरस्कार प्रदान गरिएको थियो। साथै कमजोर प्रदर्शन गर्ने विद्यार्थीहरूलाई हतोत्साहित नगरी आगामी दिनमा सुधार गर्न आवश्यक मार्गदर्शन, अतिरिक्त कक्षा र व्यक्तिगत सहयोग प्रदान गरिने विद्यालयले जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल सिद्धिमान थापाले विद्यार्थीहरूको निरन्तर परिश्रम,शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर साथकै कारण विद्यालयले राम्रो नतिजा हासिल गर्न सफल भएको बताउनुभयो।

विद्यार्थीहरूको निरन्तर परिश्रम,शिक्षकहरूको समर्पण र अभिभावकहरूको निरन्तर साथकै कारण विद्यालयले राम्रो नतिजा हासिल गर्न सफल भएको हो। :प्रीन्सिपल थापा

उहाँले शिक्षा केवल परीक्षा केन्द्रित नभई जीवन निर्माण गर्ने प्रक्रिया भएको उल्लेख गर्दै अनुशासन,नैतिक मूल्य र व्यवहारिक ज्ञानलाई पनि उत्तिकै महत्व दिइएको स्पष्ट पार्नुभयो।
उहाँले आगामी दिनमा विद्यालयलाई अझ सुदृढ बनाउँदै प्रविधिमैत्री शिक्षण प्रणाली,व्यवहारिक अभ्यासमा आधारित सिकाइ र विद्यार्थीहरूको व्यक्तिगत क्षमता विकासमा विशेष ध्यान दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो। साथै,अभिभावकहरूसँगको सहकार्यलाई अझ मजबुत बनाउँदै बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सबै पक्षको संयुक्त प्रयास आवश्यक रहेको बताउनुभयो।
अभिभावकहरूले विद्यालयको शैक्षिक वातावरण,अनुशासन र सिकाइ प्रणालीप्रति सन्तुष्टि व्यक्त गर्दै आगामी वर्ष अझ राम्रो नतिजाको अपेक्षा गरेका छन्। उनीहरूले विद्यालयले विद्यार्थीहरूको समग्र विकासमा महत्वपूर्ण योगदान पुर्‍याइरहेको उल्लेख गरेका छन्।
यसैबीच,विद्यालय प्रशासनले सम्पूर्ण विद्यार्थी,शिक्षक र अभिभावकप्रति आभार व्यक्त गर्दै आगामी दिनमा अझ गुणस्तरीय शिक्षा,नवीन शिक्षण विधि र समर्पित प्रयासका साथ अघि बढ्ने प्रतिबद्धता जनाएको छ। यो नतिजाले विद्यालयको प्रगतिशील यात्रा र उज्ज्वल भविष्यको संकेत दिएको छ।
स्कुल ब्यबस्थापन समितिका संयोजक केशबराज गौतमको अध्यक्षता बाट सुरु भएको सन्चालन शिक्षक सपना बस्याल र कमल थापाले गर्नुभएको थियो।