नेपाली जनतादलका उम्मेदवार विमल पोख्रेलद्वारा झिमरुक–१ मा मतदान

नेपाली जनतादलका उम्मेदवार विमल पोख्रेलद्वारा झिमरुक–१ मा मतदान

प्युठान,नेपाली जनतादल का उम्मेदवार विमल पोख्रेलले झिमरुक गाउँपालिका–१ स्थित दिपेन्द्र प्राथमिक विद्यालय (डाँडा) मतदान केन्द्रबाट बिहान १०:०५ बजे मतदान गर्नुभएको छ।
निर्धारित समयमै मतदान केन्द्र पुगेर पोख्रेलले आफ्नो मताधिकार प्रयोग गर्नुभएको हो। मतदानपछि उहाँले लोकतान्त्रिक प्रक्रियामा सबै मतदाताले सक्रिय सहभागिता जनाउनुपर्ने बताउँदै शान्तिपूर्ण रूपमा निर्वाचन सम्पन्न हुने विश्वास व्यक्त गर्नुभएको छ।