सिता बि.क
प्युठान,बहुमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष माधव प्रसाद पराजुलीको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा सहकारीको आर्थिक वर्ष २०८१/८२ को आर्थिक,सामाजिक तथा रणनीतिक पक्षहरूबारे गहिरो समीक्षा र भावी योजना प्रस्तुत गरिएको थियो।
कार्यक्रममा सम्बोधन गर्दै प्रमुख अतिथि बचत तथा ऋण सहकारी जिल्ला संघ प्युठानका अध्यक्ष भोज बहादुर बस्नेतले नीति विधि र प्राविधिमा चल्ने सहकारीमा कहिले पनि समस्या नहुने बताउनुभयो।उहाँका अनुसार सहकारी मात्र आर्थिक संस्था होइन,यो सामाजिक रूपान्तरणको माध्यम हो।बहुमुखी सहकारीले उदाहरणीय काम गर्दै आएको छ।अन्य संस्थाले पनि यस्ता अभ्यास अनुकरण गर्नु पर्नेछ।”
कार्यक्रममा प्युठान नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष बिकास के सि,वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर के सि,बाल बिध्या मा.बि का प्र अ केशु गिरी,उज्यालो बचत तथा ऋण सहकारी सस्थाका अध्यक्ष राधा जि.सि,निवर्तमान अध्यक्ष छबिराम पराजुली लगायतले शुभकामना मन्तव्य दिनुभएको थियो।
कार्यक्रममा सहभागी वक्ताहरूले सहकारी आन्दोलनलाई राष्ट्र निर्माणको आधार स्तम्भका रूपमा चित्रण गर्दै अझ व्यावसायिक,पारदर्शी र प्रगतिशील सहकारी व्यवस्थापन प्रणाली आवश्यक रहेकोमा जोड दिनुभएको थियो।
सस्थाका अध्यक्ष पराजुलीले सहकारीको स्थायित्व,पारदर्शिता र उत्तरदायित्वमा आधारित नेतृत्वले संस्थालाई आजको स्थानमा पुर्याएको उल्लेख गर्दै आगामी दिनमा सदस्यहरूको विश्वासलाई अझ मजबुत बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रमको विशेष आकर्षणको रूपमा जेष्ठ सदस्य,नि-बर्तमान कार्यसमिति,सल्लाहकार,कर्मचारी,पत्रकारिता र आर्थिक अनुशासनमा योगदान पु-र्याउने व्यक्तित्वहरूलाई सम्मान जेहेन्दार बिध्यार्थिलाई पुरस्कृत गरिएको थियो।
सम्मानित सञ्चारकर्मी राम बहादुर बिश्वकर्माले प्रतिक्रिया दिँदै भन्नुभयो।यो सम्मान केवल कदर होइन,पत्रकारितामा अझ जिम्मेवार बन्ने प्रेरणा हो। सहकारीको सकारात्मक कार्यलाई उजागर गर्न सधैं तत्पर छु।”
उहाँका अनुसार “सहकारीको हरेक क्रियाकलापमा पारदर्शिता र उत्तरदायित्व देखिनु एउटा सशक्त संस्थाको प्रमाण हो।सम्मान पाउनुले अझ जिम्मेवार पत्रकारितातर्फ उन्मुख हुन प्रेरित गरेको छ।”
सस्थाका उपाध्यक्ष बासु के सि को स्वागत मन्तब्य बाट सुरु भएको कार्यक्रममा प्रगति प्रतिबेदन सचिब पुर्ण बहादुर के.सि र आर्थिक प्रतिबेदन कोषाध्यक्ष मधुसुदन गिरीले प्रस्तुत गर्नुभएको थियो।
२०६७ साल जेष्ठ २६ गते २७ जना सेयर सदस्य बाट सुरु गरिएको उक्त सस्थामा हाल ९ सय ९६ जना सेयर सदस्य रहेको बताइएको छ।
सहकारीमा ऐच्छिक बचत,बाल बचत,नियमित बचत,आबधिक बचत,सामुदायिक सस्था बचत,नियमित दैनकि बचत लगायतका बचत कार्यक्रम रहेको र उक्त सस्थाको सेयर पुजि १४ लाख ६ हजार रहेको र कुल पुजि ३ करोड ३७ लाख ८ हजार १८ रुपैयाँ प्रस्तुत आर्थिक प्रतिबेदनमा उल्लेख छ।
प्रतिक्रिया राख्नुहोस्