सामाजिक कार्यमा सक्रिय बन्दै दाह्री ग्याङ्ग प्युठानका युवाहरु

सामाजिक कार्यमा सक्रिय बन्दै दाह्री ग्याङ्ग प्युठानका युवाहरु

राम बहादुर बिश्वकर्मा
प्युठान,पछिल्लो समय सामाजिक कार्यमा सक्रिय रहँदै आएको दारी ग्याङ प्युठानले एक बिध्यालयका बिध्यार्थिलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको छ।
मल्लरानी गाउँपालिका–३ स्थित सरस्वती आधारभूत विद्यालयका ५० जना विपन्न विद्यार्थीलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो।
मंगलबार विद्यालयमै पुगि प्रारम्भिक बालविकासदेखि कक्षा ५ सम्मका विद्यार्थीलाई झोला,कापी,कलम,पेन्सिल र मास्क वितरण गरिएको दारी ग्याङ प्युठान अध्यक्ष जीवन खनालले जानकारी दिनुभयो।यस्ता कार्यमा अरुले चासो नराख्ने भएकाले युवाहरु नै अघि सर्नु पर्ने अवस्था आएको अध्यक्ष खनालले बताउनुभयो ।
“युवा शक्ति,जो सही बाटो हिडे विकासको ढोका खुल्न सक्छ र समाजमा नमूना बन्न सक्छन् ।” अध्यक्ष खनालले भन्नुभयो । समाज विकास र परिवर्तनको एजेण्डालाई स्थापित गर्न लागेका युवाको पक्षमा सवै जुटन आवश्यक देखिएको उहाँको धारणा रहेको छ ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि दारी ग्याङ लुम्बिनी प्रदेश संयोजक असल सुवेदीले बालबालिका भविष्यका कर्णधार भएको उल्लेख गर्दै विपन्न वर्गलाई सहयोग गर्नु सबैको जिम्मेवारी भएको बताउनुभयो।
प्युठान जिल्लाका केहि युवाहरु मिलेर स्थापना गरेको सो समूह हाल जिल्लाको सामाजिक सेवाको सबैभन्दा लोकप्रिय समूहमा पर्दछ।समुहले फरक क्षमता तथा सीमान्त अनाथ तथा अपाङ्ग बालबालिकालाई शैक्षिक सामग्री,न्यानो कपडा वितरण, मानवीय तथा परोपकारी कार्यका लागि रक्तदान,अस्पताल तथा स्वास्थ्य सामग्री वितरणका साथै समय समयमा उत्प्रेरणामूलक काम पनि गरेको छ।युवाहरुले गरेको यस्तो कामको अहिले जिल्ला तहमा प्रशंसा हुन थालेको छ।कार्यक्रममा आशाका किरण संस्था भालुवाङका वरिष्ठ उपाध्यक्ष दिबस आचार्य,उपाध्यक्ष श्रीधर जिसी, लुम्बिनी सह–संयोजक टार्जन भण्डारीसहित दाङ र प्युठानका सदस्यहरूको उपस्थिति थियो।