विजय फुलबारी सहकारीले बितरण गर्योे,संरक्षित पूँजी फिर्ता कोषको रकम

विजय फुलबारी सहकारीले बितरण गर्योे,संरक्षित पूँजी फिर्ता कोषको रकम

सीता बि.क
प्युठान,विजय फुलबारी सहकारी सस्था लिमिटेड बिजुवार प्युठानले संरक्षित पूँजी फिर्ता कोष अन्तर्गत रकम वितरणको सुरुवात गरेको छ।तेस्रो स्थापना दिवसको अवसरमा संस्थाले कार्यालयमा आज एक विशेष कार्यक्रम आयोजना गर्दै सो रकम वितरण गरेको हो।संरक्षित पूँजी फिर्ता कोषबाट वितरण गरिने रकम गत आर्थिक वर्षको नाफाबाट साधारण सभाको निर्णयअनुसार निर्धारण गरिएको संस्थाका ब्यवस्थापक प्रकाश बैद्वले  जानकारी दिनुभयो।
उहाँका अनुसार उत्कृष्ट ५० जनालाइ सम्मान सहित नगद प्रदान गरिएको र ५ हजार ६ सय ५० सेयर सदस्यको संरक्षित पुँजी फिर्ता कोषबाट लाभान्वित भएका छन् । एक बर्ष भरिमा बचत र कर्जामा उच्च कारोबार गरी योगदान गरेबापत सस्थाको नाफाबाट सम्रक्षित पुजी फिर्ता कोषमा छुट्टीएको बचत रकमको लागि ४० प्रतिशत र कर्जामा तिरेको ब्याजका लागि ६० प्रतिशत भारको आधारमा रकम बितरण हुने गर्दछ।सहकारीमा पछिल्लो समयमा देखिएका समस्याहरुका बारेमा चर्चा गर्दै ब्यबस्थापक बैद्वले सञ्चालक, शेयर सदस्य र कर्मचारीले जिम्मेवारीपूर्वक कर्तव्य पूरा गरे कुनै पनि सहकारीमा समस्या नहुने जिकिर गर्नुभयो।
सहकारीका सदस्यहरुलाई संस्थामा सक्रिय रुपमा कारोबार गर्ने वातावरण सिर्जना गर्नका लागि संरक्षित पूँजी फिर्ता कोषलाई परिचालन गरिएको उहाँको भनाई छ।
बिजय फुलबारी बचत तथा ऋण सहकारी संस्था लिमिटेड का अध्यक्ष नेत्रमणी आचार्यले शेयर सदस्यहरुलाई संरक्षित पूँजी फिर्ता कोषको रकम बितरण गर्नुभएको हो। 
संस्थाले यस्तो वितरणलाई आफ्नो सदस्यहरूको आर्थिक सुदृढीकरणको दिशामा महत्वपूर्ण कदमका रूपमा लिएको जनाएको छ ।
कारोबारका आधारमा अतिरिक्त रकम पाइन्छ भन्ने कुरा सदस्यहरुलाई राम्रोसंग बुझाउन सकेमा सदस्यहरुले सहकारी संस्थामा सक्रिय भएर कारोबार गर्ने उत्प्रेरित हुन सक्ने अध्यक्ष आचार्यले बताउनुभयो।‘धेरै वटा सहकारीमा शेयर खरिद गर्ने,कारोबार केही पनि नगर्ने,सहकारीको सारो गारोमा कहिल्यै साथ नदिने अनि आर्थिक वर्षको अन्त्यमा कति नाफा भयो भन्ने सदस्यहरु र संस्थामा नियमित रुपमा कारोबार गर्ने,सस्थाको उन्नति प्रगतिमा सदैव सहयोग गर्ने शेयर सदस्यलाई मुनाफाका नाममा एकै प्रकारको फाइदा हुने अवस्थाको अन्त्यका लागि सहकारी ऐनमा नै संरक्षित पूँजिफिर्ता कोषको व्यवस्था भएको हो’,उहाँले भन्नुभयो।
संस्थाको हालको स्थितीको बिषयमा कार्यक्रममा जानकारी गराउदै सहकारीले आगामी दिनहरूमा पनि सदस्यहरूको आर्थिक हितलाई प्राथमिकता दिने प्रतिवद्धता जनाउनुभएको थियो।

कार्यक्रममा सहकारी संस्थाका सस्थापक अध्यक्ष तथा  सल्लाहकार लोक बहादुर बस्नेतले स्थापना काल देखि नै आफूहरू सहकारी सम्बन्धी ऐन र संस्थाका विनियम बाहिर नजाने  बताउनुभयो। सबैको सहयोगले संस्था अहिलेको अवस्थासम्म आइपुगेको भन्दै सदस्यलाई संरक्षित पुँजी कोषबाट रकम फिर्ता गर्ने जिल्लाको एक मात्र सहकारी बिजय फुलबारी   भएको उहाँले जनाउनुभयो। 
अहिले बजारमा चलेको हल्लाको पछि नलाग्न सेयर सदस्यलाई आग्रह गर्दै उहाँले सहकारीमा आउने जतिसुकै समस्यालाई पनि शेयर सदस्यहरुको सक्रियताबाट समाधान गरिने बताउनुभयो।शेयर सदस्य,बचत कर्तालाई ढुक्क भएर कारोबार गर्न आग्रह समेत गर्नुभयो।