राम बहादुर बिश्वकर्मा
प्युठान,बालबालिकालाई असल संस्कार तथा सभ्य समाज निर्माणका लागि मार्ग निर्देशन गर्न परिवार नै महत्वपूर्ण भूमिका खेल्नु पर्ने सरोकारवालाहरुले बताउनुभएको छ।
मङ्गलबार प्युठान नगरपालिका वडा नम्बर १० मरन्ठाना स्थित स्यालपाखा बाल बिकास केन्द्रमा अध्ययनरत बालबालिकालाई बिदाई गर्ने कार्यक्रममा बोल्ने बक्ताहरुले असल संस्कार तथा सभ्य समाज निर्माण गर्न र सामाजमा रहेका गलत प्रवृतिलाई निरुत्साहन गर्न पनि घर परिवारले भूमिका खेल्नु पर्ने औंल्याउनुभयो ।
‘बालबालिकालाई विशेषगरि घरपरिवारले नै असल संस्कार र सभ्य समाज निर्माणका लागि गाइड गर्ने हो,समाजमा रहेका असल बोलचाल,भाषा संस्कृतिबारे पनि घरपरिवार नै हो’,‘घरपरिवारले आफ्ना बालबालिकालाई असल संस्कार नसिकाएकै कारण अक्सर बालबालिकाले गलत बाटोमा लाग्ने गरेका छन्।’ उहाँहरुको भनाई थियो।
प्युठान नगरपालिका वडा नम्बर १० का वडा अध्यक्ष लोक बहादुर के सि ले बालबालिकालाई घरबाट प्राप्त हुने राम्रा-नराम्रा संस्कारहरु र व्यवहारहरुको आधारमा नै उसको भविष्य निर्धारण हुने बताउनुभयो।बाल्यावस्थादेखि नै सिक्दै आएको नैतिक मूल्यहरुले भरिएको संस्कारले उसलाई अनुशासित बनाउन सहयोग गर्ने उहाँको भनाई छ।
त्यस्तै बाल बिध्या माध्यमिक बिध्यालयका प्र.अ केशु गिरीले बाल बिकास केन्द्रमा सहजकर्ताले केबल कोर्समा केन्द्रित नभएर बालबालिकालाई कसरी उनीहरुको रुची अनुसार सिकाउन सकिन्छ भनेर केन्द्रित भइ बालबालिकाहरुलाई शिक्षा,संस्कार अनि प्रविधिलाई जोडेर सिकाउने प्रयासमा लाग्नुपर्ने बताउनुभयो।
बर्तमान समयमा संस्कार को उच्च आभाव भएको छ उहाँले भन्नुभयो-"जसका कारण बालबालिकाहरु सामाजिक विकृति जस्ता अमानबिय गतिबिधिमा संलग्न भईरहेको प्रती चिन्ता व्यक्त गर्नुभयो। बालबालिकाले के सिक्छ र के सिकाइन्छ,भन्ने व्यवहारिकताको लागि भन्दा पनि त्यो सिकाइ नतिजा प्रकाशन भएको बेला उसले पाउने ग्रेडसीटको ग्रेडपोइन्ट अर्थात् अंकभारसँग सम्बन्ध राख्छ तर अभिभावकले मेरो बच्चाले कतिसम्म उच्चतम् अंक वा पोइन्ट पाएर उत्कृष्ट भयो र कति व्यवहारिक र सांस्कृतिक शिक्षा ग्रहण गर्यो भन्नेमा चासो राख्दैन त्यसैले विद्यालयको सिकाइ मात्र व्यवहारिक जीवनका लागि पूर्ण हुन सक्दैन, यसको लागि बच्चाको परिपुरकका लागि परिवारको ध्यान जानुपर्ने उहाँको जोड छ।
बाल सहजकर्ता मधु बिष्टले आफ्नो २५ बर्षे सेवा अबधिमा कयौं बालबालिकालाई बिदाई गरेको अनुभव सुनाउनुभयो।
प्रारम्भिक बालविकास बालबालिकाकोे सिकाईको जग मानिन्छ तर आफुले उर्बराउदो उमेर बालबालिकाको दिशापिसाब र सिङ्गान सफा गर्दै बितेकोले उपयुक्त पारिश्रमिक सहित सबै बाल सहजकर्तालाई स्थायी गर्न समेत आग्रह गर्नुभएको थियो।
बालबालिक,अभिभावक,जनप्रतिनिधि र पत्रकारहरुको उपस्थिति रहेको कार्यक्रमको सन्चालन केन्द्र ब्यबस्थापन समितीका अध्यक्ष कमल गिरीले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्