सीता बि.क
प्युठान,नौबहिनी गाउँपालिका वडा नम्बर ८ मा रहेको श्री लुप्लुङ्ग माध्यामिक बिध्यालयको ६५ ओै बार्षिक उत्सब कार्यक्रम शनिबार सम्पन्न भएको छ।
कार्यक्रममा नौबहिनी गाउपालिका वडा नम्बर ८ का वडा अध्यक्ष एवम कार्यक्रमका प्रमुख अतिथि मान बहादुर केसिले लुप्लुङ्ग मा बि पालिका स्तरमै नमुना शैक्षिक सस्थाकाे रुपमा रहेकाेले अन्य बिधालयहरुले पनि यहाकाे सकारात्मक सिकाइ ग्रहण गर्नु पर्ने बताउनुभयो।
पछिल्लो सामुदायिक बिध्यालयमा बिधार्थीको संख्या घट्दै गईरहेको अबस्थामा सामुदायिक बिद्यालयहरुले शैक्षिक गुणस्तर सुधार गर्नु पर्नेमा जोडदिनुभयो।
कार्यक्रममा वडा सदस्य हुमलाल भण्डारीले बालबालिकाले सहि सस्कारकाे बिकास परिवारबाट हुने हुदा असल सस्कार सिकाउन आग्रह गर्नुभयो।
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारीले लुप्लुङ माध्यमिक विधालयलाई विशिष्ट विधालयको रुपमा विकास गर्न शिक्षक,अभिभाबक, विधार्थी र स्थानिय तह बिचको समन्वय र सहाकर्य अनिवार्य हुनु पर्नेमा जोड दिनु भयो।
अध्यक्ष भण्डारीले विधालयमा पढाइ राम्रो हुने र नहुने भनेको शिक्षक र अभिभावकले विधार्थीलाई पढ् पढ भनेर मात्र होइन कि विधार्थीको रुचि र क्षमता अनुसारको अध्ययन र अध्यापन हुनुपर्नेमा जोड दिनु भयो।
बिधालयको समग्र बिकासका लागि कुनै आग्रहपुर्बाग्रह नराखी आफु अगाडि बढेकाे बताउदै अध्यक्ष भण्डारीले सबै पक्षसङ्ग सहकार्य र समन्वय गर्दै शैक्षिक गुणस्तर वृद्धि,अक्षकाेष ब्यबस्थापन,बिधालयकाे भौतिक संरचना बालमैत्री बनाउन आफू लागिपरेकोले बालबालिकाको बौद्धिक,शारीरिक,सामाजिक र नैतिक जस्ता सर्वाङिण बिकासको लागि दत्तचित्त भई बिद्यालयका शिक्षकलाई ईमान्दार भएर अध्यापन कार्यमा लाग्न अनुरोध गर्नुभएको छ।
बार्षिक उत्सवको अबसरमा बिधालयकाे बिकासका लागि याेगदान गर्ने पुर्ब अध्यक्ष ईश्वरि प्रसाद भण्डारीलाई कदर पत्रले सम्मान गरिएको छ।साेहि क्रममा भण्डारीले समाज परिवर्तनको सुचक शिक्षा भएकोले शिक्षामा याेग्दान गर्न अनुराेध गर्नुभयो।
कार्यक्रममा बिधालयका प्रधानाध्यापक बसन्त प्रसाद भण्डारीले बिधालयकाे प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
प्रधानध्यापक भण्डारीले शैक्षिक गुणस्तर सुधारका लागि शिक्षक मात्र नभएर अभिभावकहरुको पनि उत्तिकै जिम्मेवारी हुने भन्दै अभिभावकको निरन्तर अनुगमनको खाँचो रहेकोमा जोडदिनुभयो ।
बिध्यालय ब्यबस्थापन समितिका अध्यक्ष श्रीराम भण्डारीको अध्यक्षता बाट सुरु भएको कार्यक्रमको सन्चालन शिक्षक खेमराज भण्डारीले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्