प्यूठानमा डस्टबिनभित्र सालनाल सहितको मृत शिशु फेला

सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिका-२ दर्भानमा नवजात शिशुको शव फेला परेको छ।जिल्ला प्रहरी कार्यालय प्युठानका प्रबक्ता प्रहरी निरीक्षक केशव के सि का अनुसार बिहिवार स्थानीय तकमान कुमाल को घर अगाडि रहेको डस्टबिन भित्र सालनाल समेत नकाटिएको अवस्थामा शिशुको शव फेला परेको हो।

तस्बिर : सान्त आचार्यको फेसबुक बाल बाट साभार


मृत अवस्थामा फेला परेको नवजात शिशु महिना पुगेर नै जन्मिएको र जन्मिएपछि फालेको अवस्थामा भेटिएको हुन सक्ने प्रबक्ता प्रहरी निरीक्षक के सिले बताउनुभयो। ‘‘हेर्दा नवजात शिशु पूरा महिना पुगेर नै जन्मिएको प्रारम्भिक अनुमान छ।,’’उहाँले भन्नुभयो। घटना बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
स्थानीयवासीले फोहोर संकलन गर्न राखिएको डस्टबिनमा शिशुको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।