प्युठानमा १ घण्टा ४० मिनेटमा एक महिलाले दिइन् ३ बच्चाको जन्म

राम बहादुर बिश्वकर्मा
प्युठान,जिल्ला अस्पताल प्युठानमा एक महिलाले २६ वर्षको उमेरमा तीन वटा बच्चाको जन्म दिनुभएको छ। 
गौमुखी गाउँपालिका-६ लिवाङकि २६ बर्षिय सरिता परियारले तीन  वटा बच्चा जन्माउनुभएको हो । 
अस्पतालका डाक्टर सिबेन्द्र राज पाण्डेका अनुसार आज (मङ्गलबार) बिहान ११:२६, ११:३५ र ११:३९ बजे परियार क्रमश : १ के जि ८ सय ६५ ग्राम ,२ के जि र २ के जि १ सय ग्राम बच्चा जन्माउनुभएको हो।जन्मिएका नवजात शिशु दुई वटै छोरी  हुन्। 

तस्बिर : गौमुखी गाउँपालिका-६ लिवाङकि २६ बर्षिय सरिता परियार बाट जन्मिएका तीन वटा बच्चा 


सुत्केरी व्यथा लागेर आफैँ लिबाङ स्वास्थ्य चौकिमा पुगेकी परियारलाई रिफर गरे पछी उनीहरुको जन्म प्युठान जिल्ला अस्पताल बिजुवारमा भएको हो।
नर्मल डेलिभरीबाट जन्मिएका तीन वटै छोरीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।