राम बहादुर बिश्वकर्मा
प्युठान,भ्रष्टाचार विरुद्ध नागरिक स्तरबाट सचेतना फैलाउन र सुशासन कायम गर्न सहजीकरण गर्ने उद्देश्यका साथ गठित सुसासन र समृद्धिका लागि भ्रष्टचार विरोधी अभियान स्वतन्त्र नागरिक मंच प्युठानको संयोजकमा कर्णध्वज के सि चयन भएका छन्।
शनिबार बिजुवारमा पत्रकारहरु सङ्ग भेटघाट गर्दै मन्चले के सि को संयोजकत्वमा ४५ सदस्यीय जिल्ला कार्य समितिको नामवली सार्बजनिक गरेको हो।
उप-संयोजकमा दल बहादुर के सि,पुष्कर आचार्य,रमेशकान्त पोख्रेल,सचिब डिमराज पोख्रेल,कोषाध्यक्ष बासु गिरी लगायत ४५ सदस्यीय जिल्ला कार्य समिति चयन गरेको हो।
त्यस्तै सदस्यहरुमा श्रीराम पोख्रेल,ओम भक्त पण्डित, हिमलाल भण्डारी,दुर्गा भुसाल,राम बहादुर महरा,नारायण के सी,माधब शर्मा,लक्ष्मी प्रसाद शर्मा,शरद केसी,केशु गिरी,दामोदर गिरी,बासु गिरी,निमकान्त पोख्रेल,नेत्र बहादुर थापा,पुर्ण पुन मगर,झग बहादुर बुढा मगर,हिमाल जिसी,रुपेश सुनार र दिप बहादुर पाण्डे लगायत सदस्य रहेका छन्।
त्यस्तै मन्चको आधिकारिक धारणा बाहिर ल्याउन मन्चका उप-संयोजक पुष्कर आचार्य लाई प्रबक्ताको जिम्मेवारी समेत प्रदान गरेको छ।
यसैबीच पत्रकार भेटघाटमा मंचका प्रबक्ता पुष्कर आचार्य द्धारा निर्णय सार्बजनिक गरिएको थियो।अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनीतिक योजना अनुसार भ्रष्टाचार विरुद्ध आम नागरिकसँग सहकार्य गर्ने उद्देश्यले जिल्लामा भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक मंच गठन भएको बताइएको छ।
देशमा बढ्दो भ्रष्टाचारलाई रोकथाम गर्ने र राज्यलाई पारदर्शि ढंगले अघि बढाउनका लागि जिल्ला तहबाट पहल गर्ने उद्देश्यले भ्रष्टाचार विरुद्धको स्वतन्त्र नागरिक मंच स्थापना गरिएको नवगठित मंचका संयोजक कर्णध्वज के सि ले बताए।
दलहरु देशका लागि नभइ सत्ता र कार्यकर्ताका लागि मात्रै भएकाले ठूलो समस्या आएको उनको भनाई थियो । उनले नागरिकलाई नागरिकको रुपमा राखेमा दल र तिनका नेता सच्चिन बाध्य हुने बताउँदै नागरिक मंच विशुद्ध हुनुपर्नेमा जोड दिए। ‘के नागरिक मंचमा आवद्धहरु दलको दायराबाट बाहिर आउन सक्नुभएको छ ? आफू आबद्ध हुनुभएको दलमा स्थान सुरक्षीत नभएर यस्तो अभियानमा जोडिनुभएको हो ? कालान्तरमा राजनीतिक दलमा रुपान्तरण त हुँदैन गठन गरिएको मंच? भन्ने पत्रकारको प्रश्नमा त्यस्तो कदापी होइन राष्ट्रिय जनमोर्चा,जिबिस सभापति,माओबादी,नयाँ शक्ति,जसपा हुदै अहिलेसम्म पनि नेसपाको केन्द्रिय सदस्यको जिम्मेवारिमा रहदै आएको र आफुले केही दिन पहिले नेसपाको सदस्यता समेत त्याग गरेको सत्य हो तर पछिल्लो समय राजनीतिक दललाई जनताले हेर्ने नजर फरक छ अब राजनीतिक दल नसचिने र भ्रष्टाचार बेलैमा नियन्त्रण गर्न नसक्ने हो भने मुलुक असफल राष्ट्र बन्न सक्ने तर्फ सबै सचेत हुनुपर्ने उनको धारणा थियो।
तस्बिर : नवगठित स्वतन्त्र नागरिक मंच प्युठानका संयोजक कर्णध्वज के.सि
हामी दलका नेता सबै नागरिकलाई मन्चको सदस्य बनाउन चाहन्छौं। तर दलको सदस्य त्यागेको र भ्रष्टाचारको कुनै खोट नलागेको हुनुपर्छ,’ उनले भने।
भ्रष्टाचार विरुद्ध क्रियाशील संघसंस्थाहरूको बीचमा समन्वय गर्दै नागरिक समाजको सक्रियतामा सार्वजनिक विकास निर्माण तथा सेवाप्रवाहमा भ्रष्टाचार भए नभएको विषयमा निगरानी गरी निरोधात्मक र प्रवर्द्धनात्मक कार्यक्रमहरू मार्फत भ्रष्टाचार नियन्त्रणको अभियानमा प्रभावकारीता ल्याउनका लागि स्वतन्त्र नागरिक मंच गठन गरिएको उप संयोजक दल बहादुर के सि ले बताए।
तस्बिर : नवगठित स्वतन्त्र नागरिक मंच प्युठानका उप- संयोजक दल बहादुर के.सि
विभिन्न दलको सदस्य परित्याग गर्दै स्वतन्त्र नागरिक मन्चमा आबद्ध भएका ब्यक्तिहरुले कार्यक्रममा आफ्नो धारणा राख्दै वक्ताहरुले राजनैतिक दल नै भ्रष्ट भएको जिकिर गरे । उनीहरुले दलका नेताहरु नै भ्रष्ट हुँदा त्यसको प्रभाव समग्र क्षेत्रमा परेको र त्यसलाई रोक्न दलहरुको दायराभन्दा नागरिक समाज माथि उठ्नुपर्ने औंल्याएका थिए ।
मंचले भ्रष्टचार नियन्त्रण गर्नका लागि समाजका प्रबुद्ध ब्यक्ति,युवासँग सहकार्य गरि अख्तियार दुरुपयोग अनुसन्धान आयोगको रणनिति अनुसार अगाडी बढ्ने लक्ष्य रहेको छ ।
प्रबक्ता पुस्कर आचार्यले मन्चले तत्कालै गरेका निर्णय र अपनाएका रणनीति,अवस्था र भ्रष्टाचार हुनुका कारण लगायतका विषयमा सोधखोज गर्ने बारे जानकारी गराएका थिए।
जस अन्तर्गत जिल्लाका सबै स्थानीय तहमा पहिलो चरणमा निगरानी गर्नुका साथै सुशासन,पारदर्शिता, सूचनाको हकलगायत विषयमा बृहत् भेला,गोष्ठी तथा सुशासनप्रेमी नागरिकलाई सदस्यता वितरणका काम गरिने बताए।
त्यस्तै ३ महिना भित्र माण्डबि गाउँपालिका र प्युठान नगरपालिकामा निर्माण गरिएका चिस्यान केन्द्र सम्बन्धित निकायले संचालनमा ल्याउनुपर्ने अन्यथा जनसंघर्ष र कानुनी संघर्षको माध्यम बनाइने, २०८०/०८१ मा जनताबाट जम्मा गरिएको स्थानीय कर के कति जम्मा भयो? कहाँ खर्च भयो त्यसको फाडबारी माग गर्ने,जिल्ला स्थित ९ वटै स्थानीय तह तथा सरकारी निकाय बाट सम्पादन गरिएका काम कार्बाही बारे ३ महिना भित्र माग गर्ने,३ महिना सम्म भ्रष्टाचारमा निगरानी गरी निरोधात्मक र प्रवर्द्धनात्मक कार्यक्रमहरू सन्चालन गर्ने लगायतका निर्णय सार्बजनिक गरिएको छ।
प्रतिक्रिया राख्नुहोस्