सीता बि.क
प्युठान,प्युठान नगरपालिका वडा नम्वर ५ जुम्रीकाडामा ५ दिने सरफ,साबुन र फिनेल उत्पादन सम्वन्धि सिप विकास तालिम सम्पन्न भएको छ ।
गरिवी निवारणको लागी लघु उद्यम विकास कार्यक्रम(मेड्पा)अन्तर्गत नगरपालिका नागरिकहरूलाई आत्म निर्भर बनाउने उद्देश्यका साथ तालिम संचालन गरिएको हो।
प्युठान नगरपालिकाको आयोजनामा प्युठान नगरपालिका वडा नम्वर ५ जुम्रीकाडामा सञ्चालित ५ दिने उक्त सिप विकास तालिम आइतबार सम्पन्न भएको उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार १० जना उद्यमिहरुको सहभागिता रहेको उक्त तालिममा उद्यमिहरुले सरफ,झोल साबुन ह्यान्ड वास र फिनेल लगायतका सामग्रिहरु उत्पादन गर्न सिकेका छन।
पाँच दिनसम्म सञ्चालन भएको तालिमले आत्मनिर्भर बनाउने अभियानलाई केही हदसम्म भए पनि टेवा पुग्ने अपेक्षा गरिएको छ ।
नगरपालिकाले साबुन र सरफ बनाउने तालिमकाे आयाेजना गरि सीप सिक्न पाउँदा आफुहरु एकदमै खुसि भएकाे सहभागीहरुले बताउनुभएको छ।
यसै बिच प्युठान नगरपालिका कार्यपालिका सदस्य लाली घर्तिले सिप सिकेका व्यक्तिले परनिर्भर हुन नपर्ने बताउनुभयो। सरफ, साबुन तथा फेनेल बनाउने तालिमका सहभागीहरूलाई सिकेको सिपलाई व्यवहारमा उतारेर स्वरोजगार बन्न उहाँले आग्रह गर्नुभयो।
तालिमको प्रशिक्षण प्रशिक्षक रामचन्द्र ज्ञवालीले गर्नुभएको थियो।
सिद्ध माद्यमिक विद्यालयका प्रधानाध्यापक नर बहादुर घर्तिले आजीवनका लागि चाहिने उपयुक्त सीप नै जीवनोपयोगी सीप भएको बताउनुभयो। मानिसको जीवनमा आउने दैनिक व्यवहारको गतिविधि अन्तर्गत पर्ने हरेक काम र काम पुरा गर्ने दक्षता अनुसारको सीप जीवनोपयोगी सीप हो । उहाँले भन्नुभयो -"मानिसको जीवनोपयोगी सीपले जीवन पर्यन्त सफल जीवन विताउन सहयोग पुर्याउदछ।"
साथै उहाँले सिकेको सीपलाई आफुभित्र भित्र मात्रै नराखेर व्यवहारमा प्रयोग गर्न प्रशिक्षार्थीलाई आग्रह गर्नुभयो ।
प्युठान नगरपालिका वडा नम्बर ५ का वडा सदस्य कल्पना बि.क को अध्यक्षता बाट सुरु भएको कार्यक्रमको सन्चालन उद्यम बिकास सहजकर्ता शारदा बिश्वकर्माले गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्