सीता बि.क
प्युठान,सरुमारानी गाउँपालिका वडा नम्वर १ झिलिबाङ्गमा १० दिने चप्पल उत्पादन सम्बन्धि सिप विकास तालिम सम्पन्न भएको छ ।
सरुमारानी गाउँपालिकाको आयोजानमा गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेड्पा) अन्तर्गत सरुमारानी १ झिलिबाङ्गमा गत आइतबार बाट सुरु भएको १० दिने चप्पल उत्पादन सम्बन्धि सिप विकास तालिम आज सम्पन्न भएको हो ।
कार्यक्रममा बोल्दै सरुमारानी गाउँ पालिकाका उपाध्यक्ष बसन्ता खड्काले सरुमारानी गाउँपालिकाले महिलाहरुलाई हरेक क्षेत्रमा अगाडि बढाउन विभिन्न सिप विकास तालिम सञ्चालन गरेको बताउनुभयो । उहाँले तालिममा सिकेका कुरालाई व्यवहारमा उतारी आयआर्जनसँग जोडिनुपर्ने बताउनुभएको थियो ।
गाउँपालिका उपाध्यक्ष खड्काले स्थानीय महिलाहरुले उत्पादन गरेका चप्पलको बजारीकरणका लागि सहजीकरण गरिदिने बताउनुभयो ।
प्रमुख प्रशासकिय अधिकृत देबिराम पाठकले सीपले मानिसलाई जिविकोपार्जनमा मद्धत गर्ने बताउनु भयो।
आफुले जानेको सिपको निरन्तरता दिन सक्नुपर्छ उहाँले भन्नुभयो -"समाज समृद्ध वनाउनका लागी उत्पादनमा जोडिन आबश्यक छ।
त्यस्तै योजना शाखा प्रमुख लक्षमण आचार्यले सिकेको सिपलाई व्यबहारमा उतार्न आग्रह गर्नुभयो । उहाँले भन्नुभयो -"सीप धेरै सिक्नुभयो, तर हरेकले फरक फरक वस्तुको उत्पादनमा लाग्नुहोस, जसले वजार प्राप्त गर्न सजिलो हुन्छ । चाडै नै कमाउने ध्येय मात्र नभई दीर्घकालिन सोचका साथ लाग्ने हो भने आत्मनिर्भर वन्न र जीवन चलाउन गाह्रो छैन।
तालिमको प्रशिक्षक नर्मता भट्टले गाउँपालिकाले तालिम प्रदान गरेर बेरोजगार भएका महिलाहरुलाई रोजगारमुखी बनाएकोले सिकेको सीपलाई व्यवसायमा जोड्न आग्रह गर्नु भयो । आफै सीपमा दक्षता भैइयो भने परनिर्भर हुन नपर्ने प्रशिक्षक भट्टको बुझाई छ ।
तस्बिर : तालिम प्रशिक्षार्थी सरुमारानी गाउँपालिका वडा नम्बर १ झिलिबाङ्गका महिलाले तयार गरेको चप्पल
सरुमारानी गाउँपालिका वडा न १ का वडा अध्यक्ष नर बहादुर घर्तीको अध्यक्षतामा सम्पन्न भएको तालिम समापन कार्यक्रममा पालिका उपाध्यक्ष बसन्ता खड्का, प्रमुख प्रशासकिय अधिकृत देबिराम पाठक, योजना शाखा प्रमुख लक्ष्मण आचार्यले सयुंक्त रुपमा सहभागिहरुलाई प्रमाणपत्र वितरण गर्नुभएको थियो।
प्रतिक्रिया राख्नुहोस्