स्वर्गद्वारी - गौमुखी यातायात अनलाइन टिकटिङ सुभारम्भ,टिकट घरबाटै काट्न सकिने

स्वर्गद्वारी - गौमुखी यातायात अनलाइन टिकटिङ सुभारम्भ,टिकट घरबाटै काट्न सकिने

राम बहादुर बिश्वकर्मा
प्युठान,अहिले प्रविधिको विकासले घरमै बसेर सबै काम गर्न सकिने अवस्था आएको छ।त्यसमाथि अहिले अनलाइनमै धेरै कुरा पाइने र त्यसैमार्फत काम हुने भएपछि सर्वसाधारण यसैतर्फ आकर्षित भएका छन् ।
तर,यातायाततर्फ भने जहिल्यै लाइन लागेर टिकट काट्नुपर्ने अवस्था छ।त्यसमाथि चाडपर्व लाइन लागे पनि टिकट पाइँदैन । महिनौं अघि बुकिङ खुले पनि टिकट पाउन हम्मे हम्मे हुन्छ । सर्वसाधारणले सधैं सास्ती खेप्दै आएका छन् ।
तर,अब सर्वसाधारणले सास्ती खेप्न नपर्ने भएको छ । टिकट लिन लाइन लाग्नुपर्ने बाध्यतालाई बुझेर स्वर्गद्वारी गौमुखी यातायात प्रालिले अबदेखि मोबाइल एप मार्फत अनलाइन टिकट काट्न सकिने भएको छ।
शुक्रबार एक कार्यक्रम सहित यात्रुलाई टिकट लिन बसपार्क धाउनुपर्ने र समयको बचत गर्न उद्देश्यले अनलाइन सेवा सुरु गरिएको हो । 
यो सँगै अबदेखि घरमै बसेर नेपाल तथा भारत जाने यात्रुहरूले आफ्नो मोबाइलमा स्वर्गद्वारी यातायात डाउनलोड गरि उक्त एप मा दिएको अप्सन क्लिक गरि टिकट काट्न सक्नेछन् । स्वर्गद्वारी गौमुखी यातायात प्राली ले लुम्बिनी प्रदेशका निबर्तमान मुख्य मन्त्री  डिल्ली चौधरीले अनलाइन टिकट काटी विक्री सुरू गरेको हो ।
कार्यक्रममा बोल्दै उहाँले सार्बजनिक यातायातमा रहेका समस्यालाई प्रविधिको प्रयोगबाट समाधान गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।
बिश्वनै प्राविधि मैत्री भएका ले ग्रामिण समुदायका यात्रुलाई मध्यनजर गरि एपलाई थप सरल र ब्यब्यस्थित गर्न उहाँले यातायात प्रालिलाई आग्रह गर्नुभयो ।
प्रालिका महासचिव चन्द्रमान श्रेष्ठले यात्रुले स्वर्गद्वारी गौमुखी यातायातको सेवाबारे सूचना पाउन र टिकट काट्नकै लागि काउन्टरसम्म धाउन नपरोस् भन्ने उदेश्यले हामीले अनलाइन टिकटिङको प्रबन्ध मिलाएको बताउनुभयो ।
उहाँले भन्नुभयो -‘यात्रायात क्षेत्रलाई पनि अब प्रविधीमैत्री बनाएर यात्रुहरू आफ्नै मोबाईलबाट टिकट काटेर यात्रा गर्न सकुन् भन्ने हाम्रो चाहना हो । हामीले अनलाइन टिकटिङलाई थप व्यवस्थित् बनाउँदै भविष्यमा यात्रुहरूको सुविधाको लागि थप सेवा विस्तार गर्नेछौँ ।’
सुनिल बस्नेतले यातायात क्षेत्रमा लामो समयदेखि जिल्लामा विभिन्न आरोह अबरोह पार गर्दै आएको अनुभव सुनाउदै यात्रुलाई अनलाइन टिकट सुभारम्भ गरेकोमा गर्व गर्नुभयो ।
त्यस्तै प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद अर्यालले अस्वस्थ प्रतिस्पर्धा अन्त गर्न अनलाइन टिकट प्रणाली महत्वपूर्ण हुने विश्वास व्यक्त गर्नुभयो। 
जिल्लामा ३ सय भन्दा बढी यातायात छन लाइनमा होईन अब अनलाइनमै जानुपर्छ त्यसको विकल्प छैन,मान्छे लाइन लागेर टिकट काट्ने कुरा पुरानो भइसक्यो, यात्रुलाई दुःख पनि भयो, अब घरबाटै टिकट काट्ने, आएर बस चढ्ने, उहाँले भन्नुभयो ।
कुवर आइटि एण्ड डिजाइन प्राली काठमाडौले प्रवद्धन गरेको उक्त एपले यातायात क्षेत्रलाई आवश्यक पर्ने अत्याधुनिक सफ्टवेयर निर्माण गरी यातायात क्षेत्रलाई डिजिटलाइज बनाउने कार्य गर्दै आएको छ ।
कार्यक्रममा संविधान सभा सदस्य तथा नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य योगेन्द्र चौधरी,नेपाली काङ्ग्रेस लुम्बिनीका सचेतक तथा सांसद जन्मजय तिमिलसिना,पुर्ब प्रदेश मन्त्री बिरबहादुर राना, लुम्बिनी प्रदेशका पुर्व यातायात मन्त्री रोज राणा, प्रदेस सांसदहरु धनेन्द्र कार्कि,प्रचण्ड बिक्रम न्यौपाने,भुबनेश्वर चौधरी,लगाएत जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख,राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि संचारकर्मीहरुको उपस्थिति रहेको थियो।