स्थापना दिवसमा युवा संघ प्यूठानले गर्‍यो रक्तदान तथा उपचारत बिरामीलाई आर्थिक सहयोग प्रदान

स्थापना दिवसमा युवा संघ प्यूठानले गर्‍यो रक्तदान तथा उपचारत बिरामीलाई आर्थिक सहयोग प्रदान

सीता बि.क
प्यूठान,राष्ट्रिय युवा संघ नेपालको ३५ औं स्थापना दिवसको अवसरमा युवा संघ प्यूठानले रक्तदान गरेको छ ।
रक्त सञ्चार केन्द्र विजुवारमा आज रक्तदान कार्यक्रम गरि स्थापना दिवस मनाएको हो ।
महत्वपुर्ण दान मध्येको रक्तदान पनि विषेश दान पर्ने भएकोले यस प्रकारको कार्यक्रम राखीएको राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानका अध्यक्ष बिशेक थापाले पैरवी अनलाइनलाई जानकारी दिनुभयो ।
राष्ट्रिय युवा संघ मानब सेवामा सधै तल्लीन रहने संस्था भएको भएको कारण पनि यस्ता किसिमका कार्यक्रम निरन्तर रुप गरिरहेको छ थापाले भन्नुभयो-"युवा संघ सधै भरि नेपाली युवा र जनताको साथमा  छ।"

तस्बिर : जिल्ला अस्पताल प्युठानमा उपचाररत बिरामीलाई आर्थिक सहयोग गर्दै नेकपा एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्ट, युवा संघ प्युठानका अध्यक्ष बिशेक थापा सहितको टिम


रक्तदान कार्यक्रमसँगै संघले प्यूठान जिल्ला अस्पतालमा उपचाररत विपन्न परिवारलाई आर्थिक सहयोग समेत गरेको छ । ऐरावती गाउँपालिका–६ विजुलीकोटका १४ महिनाकी शिसु सीता अधिकारीलाई नगद १० हजार र झिमरुक गाउँपालिका–३ आहालखोला बस्ने ६१ वर्षीय फुर्सि सुनारलाई नगर ५ हजार रुपैंया आर्थिक सहयोग प्रदान गरेको संघका जिल्ला उपाध्यक्ष महेश पाण्डेले जानकारी दिनुभयो ।
कार्यक्रमका प्रमुख अतिथि नेकपा एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्टले नेपालको राजनीतिक आन्दोलनमा राष्ट्रिय युवा संघको भूमिका उच्च रहेको बताउँदै उहाँले स्थापना दिवसको अवसरमा शुभकामना व्यक्त गर्नुभयो।अध्यक्ष बिष्टले युवा संघले रचनात्मक कार्यक्रम गरि स्थापना दिवस मनाएकोमा प्रशंसा गर्दै आगामी दिनहरुमा पनि सामाजिक गतिविधिहरुमा सक्रिय रहन आग्रह समेत गर्नुभयो।

तस्बिर : स्थापना दिवसको अबसरमा सुभकामना मन्तब्य राख्दै नेकपा एमाले प्युठानका अध्यक्ष बिजय बिराज बिष्ट

संघले स्थापना काल देखिनै लोकतन्त्र र समाज रुपान्तरणमा महत्वपूर्ण भूमिका खेलेको स्मरण गराउदै उहाँले आगामी दिनमा पनि राष्ट्रियता,लोकतन्त्र,सामाजिकन्याय,स्वतन्त्रता,मानव अधिकार,नेपाली युवाको सामुदायिक हितमा काम गर्न आग्रह गर्दै पार्टीलाई उचाईमा पुराउन युवाहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सक्रिय रहन निर्देशन दिनुभयो।
राष्ट्रिय युवा संघ नेपाल जिल्ला कमिटी प्यूठानका अध्यक्ष बिशेक थापाको अध्यक्षता,नेकपा (एमाले) जिल्ला कमिटी प्यूठानका अध्यक्ष विजयविराज विष्टको प्रमुख आतिथ्यता र युवा संघका केन्द्रीय सदस्य तथा प्यूठान जिल्ला इन्चार्ज पिमबहादुर पुनमगरको विशेष आतिथ्यता तथा जिल्ला समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो।